२०७६ भदौमा अन्तराष्ट्रिय कल शुल्क,इन्टरकनेक्सन शुल्क घटाउन प्राधिकरणले ६ महिना भित्र लागू गर्ने गरी ‘इन्टरकनेक्सन निर्देशिका २०७६’ल्याएको थियो ।तर,कोभिडको बाहाना बनाउँदै सेवाप्रदायकले विगत साढे दुई बर्षदेखि शुल्क घटाउन सहमत भएका थिएनन् ।
यसअघि नेपाल दूरसञ्चार प्राधिरकणले कार्तिक २९ गते बसेको बोर्ड बैठकले माघबाट दुई फरक नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउन सेवाप्रदायकलाई निर्देशन दिएको थियो ।
सोही अनुसार तीन ठूला मोबाइल सेवाप्रदायकले माघ १ गतेबाट मोबाइल शुल्क घटाएका हुन् ।
यस्तो छ शुल्क दर
अन्तर आवद्धता शुल्क कार्यान्वयनमा आए पछि सेवाप्रदायकले घरेलु कर शुल्क दर,अन्तर्राष्ट्रिय कल शुल्क र ल्यान्डलाइन शुल्क दर घटेको छ ।
‘अन्तरआवद्धता निर्देशिका २०७६’मा एक टेलिकम कम्पनीको ल्यान्डलाइन सेवाबाट अर्को सेवाप्रदायकको ल्यान्डलाइनमा कल गर्दा प्रति मिनेट २० पैसा मात्र लिन पाउने व्यवस्था छ ।
अव ग्राहकले यस्तो सेवामा प्रति मिनेट कल गर्दा २० पैसा मात्रै शुल्क तिनुपर्ने भएको छ । यस अघिकाे निर्देशिका कार्यान्वयन नहुँदा सेवाप्रदायकले ग्राहकबाट थप ४५ पैसासम्म अशुल्दै आएका थिए ।
त्यस्तै अव एक टेलिकम सेवा प्रदायकको मोबाइल ( सिमबाट) अर्को कम्पनीको मोबाइलमा फोन गर्दा प्रति मिनेट शुल्क १० पैसा मात्रै काट्न पाउने भएका छन । प्राधिकरणले यस अघि लामो समयसम्म निर्देशिका लागू हुन नसक्दा ग्राहकबाट अन्तरआवद्धता शुल्क थप ५४ पैसा लिँदै आएका थिए ।
अव निर्देशिका कार्यान्वयन भए पछि टेलिकमको पोस्टपेडबाट अन्य नेटवर्कमा कल गर्दा १ रुपैयाँ ६ पैसा मात्र लाग्छ । त्यस्तै एनसेलको सिमबाट अन्य नेटवर्कमा कल गर्दा २ रुपैयाँ १० पैसा मात्रै लाग्छ ।
नेपाल दूसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले माघबाट अन्तरआवद्धता निर्देशिका कार्यान्वयनमा ल्याएको बताए ।‘माघ १ गतेदेखि नै सेवाप्रदायक कम्पनीहरुले निर्देशिका अनुसारको शुल्क दर कायम गर्नुपर्ने हुन्छ’ उनले भने ‘यदि सेवा प्रदायकले कार्यान्वयन नगरे कारबाही गरिन्छ’ ।
निर्देशिका अनुसार प्राधिकरणले नेपालमा आउने अन्तर्राष्ट्रिय आगमन कल शुल्कलाई आगामी ८ वर्षमा प्रतिमिनेट १.८ रुपैयाँमा झारिने लगायत अन्तरआवद्धता शुल्क पनि घटाउने उल्लेख छ ।
सोही अनुसार आज अर्थात माघ २ गतेबाट निर्देशिका कार्यान्वयनमा आएको पहिलो वर्ष ४ रुपैयाँ ४० पैसाले अन्तराष्ट्रिय शुल्क घटेको छ । त्यसपछिका वर्षमा क्रमशः १ रुपैयाँ ८० पैसाका दरले अन्तराष्ट्रिय कल शुल्क घट्ने उक्त निर्देशिकामा उल्लेख छ ।
निर्देशिका कार्यान्वयन नहुँदा अन्तर्राष्ट्रिय आगमन कलमा टेलिकम सेवाप्रदायकले प्रतिमिनेट ८ रुपैयाँ लिँदै आएका थिए । यो बर्षदेखि ग्राहकले ३ रुपैयाँ ६ पैसा अन्तर्राष्ट्रिय कल शुल्क तिर्नुपर्ने भएको छ ।
यस अघि कोभिडको कारण टेलिकमको आम्दनी गिरावट भइरहेको कारण तत्काल कार्यान्यन गर्न नसकिने भन्दै शुल्क दर घटाउन नसक्ने बताउदै आएका थिए ।