एड्भेन्चर सेग्मेन्टमा थपियो नयाँ ब्रान्ड, आकर्षक फिचर सहित बेनेलीले ल्यायो नयाँ मोटरसाइकल

Jan 16, 2022 04:22 PM Merolagani

नेपाली एड्भेन्चर बाइक सेग्मेन्टमा नयाँ मोटरसाइकल भित्रिएको छ । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले हालै भित्र्याएको टीआरके मोटरसाइकलले अहिले एड्भेन्चर बाइक भित्र्याएको हो ।

यूरो ६ मापदण्डको यो मोटरसाइकलमा २४९ सीसीको सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्वयुक्त नयाँ जेनेरेसनको ईएफआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २५.५ एचपी र टर्क २१.१ एनएम रहेको छ ।

६ स्पीड गियरबक्स दिइएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । साथै वेट मल्टिप्लेट क्लच जडान गरिएको यो बाइकमा स्टिल ट्युव ट्रेलिस च्यासिस दिइएको छ ।

डुअल एबीएस सहितको फोर क्लिपर डिस्क ब्रेक जडान गरिएको टीआरके २५१ मा राइडरले आफू अनुकूल तल माथि गर्न मिल्ने इन्भर्टेड फ्रन्ट फोर्क्स सस्पेन्सन दिइएको छ ।

यो नयाँ बाइकमा पूर्णत डिजिटल डिस्प्ले र ट्विन प्रोजेक्टर एलईडी हेडलाइट उपलब्ध गराइएको छ ।

सेतो, कालो र रातो कलरमा उपलब्ध यो बाइकमा लामो यात्रा गर्न सहज हुने गरी १८ लिटर क्षमताको फ्यूल ट्यांक जडान गरिएको छ ।

 नेपाली बजारमा यो मोटरसाइकलको मुल्य मूल्य ८ लाख २५ हजार रुपैयाँ तोकिएको छ 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।