जीवन बीमा कम्पनीहरूकाे कार्यालयसँगै अभिकर्ता पनि बागमति प्रदेशमा थुप्रिए,कुन प्रदेशमा कति?

Jan 16, 2022 04:21 PM Merolagani

जीवन बीमा अभिकर्ताको संख्या साढे सात लाख पुगेको छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा अभिकर्ताहरुको संख्या ७ लाख ६८ हजार ४२६ जना पुगेका हुन् ।

त्यसमध्ये सवै भन्दा धेरै बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदेशमा मात्रै कुल अभिकर्ताको ३०.३३ प्रतिशत अर्थात २ लाख २२ हजार १०२ जना अभिकर्ता रहेको बीमा समितिले जनाएको छ ।

यस्तै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेश पनि अभिकर्ताहरुको संख्या एक लाख माथि रहेका छन् । लुम्बिनी प्रदेशमा एक लाख ३१ हजार ५७६ जना, प्रदेश १ मा एक लाख २२ हजार ९१६ जना र प्रदेश २ मा एक लाख एक हजार ८७९ जना अभिकर्ताहरु रहेका छन् ।

सबै भन्दा कम भने कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना जीवन बीमा अभिकर्ताहरु रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा ७२ हजार ८९७ जना र सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ ज्ना बीमा अभिकर्ताहरु रहेको बीमा समितिले जनाएको छ ।

शाखा कार्यलय पनि बागमति प्रदेशमा थुप्रियो

अभिकर्ताहरु धेरै रहेको बागमति प्रदेशमा शाखा कार्यालयहरु पनि थुप्रिएको पाइएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुको कुल शाखा कार्यालयको २६.१३ प्रतिशत कार्यालयहरु बागमति प्रदेशमै रहेका छन् ।

हाल सम्म २ हजार २६९ वटा शाखा कार्यालयहरु विस्तार भएको बीमा समितिको तथ्यांक छ । त्यसमध्ये २६.१३ प्रतिशत अर्थात ५९३ वटा कार्यालयहरु बाग्मति प्रदेशमै रहेका छन् ।

यस्तै प्रदेश १ मा ३७३ वटा, लुम्बिनी प्रदेशमा ३५३ वटा, प्रदेश २ मा ३१८ वटा, सुदुरपश्चिम प्रदेशमा २५६ वटा, गण्डकी प्रदेशमा २२८ वटा शाखा कार्यालयहरु रहेका छन् ।

सबै भन्दा कम शाखा कार्यालयहरु भने कार्णाली प्रदेशमा रहेका छन् । कार्णाली प्रदेशमा १४८ वटा शाखा कार्यालयहरु मात्रै रहेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुका ६ हजार १६० जना कर्मचारीहरु रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।