पुनः स्थगित भयो महालक्ष्मी विकास बैंकको साधारण सभा

Jan 17, 2022 10:31 AM Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले आज अर्थात माघ ३ गते डाकेको बिसौँ वार्षिक साधारण सभा पुनः स्थगित भएको छ।

गणपुरक संख्या नपुगेका कारण पुस २५ गते स्थगित भएको साधारण सभा, बैंकले माघ ३ गते डोकेको थियो। तर, सो सभा पुनः स्थगित भएको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १।०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न बैंकले आज साधारण सभा डाकेको थियो।

सभाले लाभांश प्रस्तावका साथै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।