मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
मेगाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को पनि २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।
एक्सेलले असोज १५ देखि कार्तिक २९ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुबै कम्पनीको शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।