साविकको नेपाल सेवा र विन लघुवित्त बीच मर्जर पश्चात कायम हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत रहेको साविकको नेपाल सेवा र विन लघुवित्तबीच एक आपसमा १ बराबर ०.७५ को अनुपातमा मर्ज भएको थियो । त्यसपश्चत कायम हुन आएको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस अघि नेपाल सेवा लघुवित्तको नामका रहेको शेयर विन नेपाल लघुवित्तको नाममा कारोबार हुनेछ ।
नेप्सेले विन नेपालको शेयरलाई नेप्सेले डब्लुएनएलबी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा लघुवित्तको शेयर कारोबार हुनेछ ।
नेप्सेले सूचीकरण तथा मर्जर प्रयोजनको लागि रोक्का राखेको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ ।