पाँच महिनामा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, कसको कति?

Jan 18, 2022 06:02 PM Merolagani

चालु आर्थिक वर्षको पाँच महिना (मंसिर) सम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

यस अवधिमा सबै भन्दा धेरै नाफा कमाउने एनआईसी एशिया बैंक पहिलो स्थानमा रहेको छ । बैंकले मंसिरसम्ममा २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरको हो ।

यस्तै ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ८९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड रूपैयाँ, प्राइम बैंकले १ अर्ब ५० कराेड रूपैयाँ, प्रभु बैंकले १ अर्ब ३७ कराेड रूपैयाँ, एनएमबी बैंकले १ अर्ब ३६ कराेड रूपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै  सिद्धार्थ बैंकले १ अर्ब ३३ कराेड रूपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड रुपैयाँ, मेगा बैंकले १ अर्ब २६ कराेड रूपैयाँ र नेपाल बैंकले १ अर्ब ३ करोड नाफा आर्जन गरेका छन् ।  

बाँकी कुनै पनि वाणिज्य बैंकहरूले नाफा अर्ब माथि पुर्याउन सकेका छैनन् ।

सबै भन्दा कम नाफा कमाउनेमा भने सेञ्चुरी कर्मशियल बैंक रहेको छ । सेञ्चुरीले यस अवधिमा ४० करोड २५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।