सातामा ५ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहकाे परिसूचक कति घट्याे?

May 07, 2022 06:07 AM Merolagani

यस साता नेप्से परिसूचक ५ प्रतिशत घटेको छ। गत साता २३५६.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.९९ प्रतिशत अर्थात ११७.५५ अंक घटेर २२३८.६२ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। यस साताको आइतबार र मंगलबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो। बजार खुलेका तीन कारोबार दिन नै नेप्से ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.९३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.९७ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ४.३७ प्रतिशत घटेको छ।

नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ। यस साता दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यो गत साताको तुलनामा २७.६३ प्रतिशत बढी हो। गत साता दैनिक औषतमा १ अर्ब १४ करोडको शेयर कारोबार भएको थियो। यस साता दैनिक औषत शेयरसंख्या ९.४८ प्रतिशत, दैनिक औषत कारोबार संख्या ७.५५ प्रतिशत र दैनिक औषत स्टक संख्या ०.४९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५ प्रतिशत घटेको छ। गत साता ३३ खर्ब ५१ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता १ खर्ब ६६ अर्ब रुपैयाँ घटेर ३१ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता सबै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम घटेको छ।

यस साता वित्त उपसमूहको परिसूचक ८.९४ प्रतिशत घटेको छ। गत साता १७५४.८० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५६.८९ अंक घटेर १५९७.९१ विन्दुमा झरेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। गत साता १२५९५.३५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ८५०.९६ अंक घटेर ११७४४.३९ विन्दुमा झरेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.९३ प्रतिशत घटेको छ।

यस साता ४ स्टकको २७ लाख ४२ हजार १.७२ कित्ता धितोपत्र सूचीकृत भएको छ। यस साता समता घरेलु लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स र महुली लघुवित्तको बोनस शेयर र एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ३३.०८ प्रतिशत बढेको छ। अन्य स्टकको वृद्धिदर भने न्यून रहेको छ। यस साता युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.६५ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता छ्याङ्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ओरियण्टल होटल मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, नबिल इक्विटी फण्ड, सामुदायिक लघुवित्त लगायतका स्टकहरु यस सूचीमा परेका छन्। त्यस्तै, यूनियन हाइड्रोपावर, प्रभु बैंक, किसान लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।