दुई कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति

May 10, 2022 12:09 PM Merolagani

दुई हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । आयोगले ङादी ग्रुप पावर (NGPL) र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमित दिएको हो ।

आयोगले बरुण हाइड्रोपावर कम्पनी (BARUN) लाई  १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको हो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै आयोगले ङादी ग्रुप पावरलाई पनि १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको छ । कम्पनीले हाल कामय चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै आयोगमा आवेदन दिएको थियो ।

हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।