अमेरिकामा आर्थिक मन्दीको खतरा, ४० वर्ष यताकै धेरै महँगी, महँगी नियन्त्रण गर्न ब्याज बढ्ने सङ्केत

May 17, 2022 01:02 PM merolagani

अमेरिकामा आर्थिक मन्दीको खतरा बढ्न थालेको छ। गोल्डम्यान स्याक्सका सीनियर चेयरमेन लॉयड ब्लैंकफिनले उक्त विषयलाई लिएर सतर्क गराएका छन्।

“अमेरिकामा मन्दीको खतरा छ। यदि मैले कुनै ठूलो कम्पनी चलाइरहेको छु भने म आर्थिक मन्दीको लागि तयारी अवस्थामा रहने छु। यदि म आम उपभोक्ता हु भने पनि मन्दीको सङ्केत आए सँगै मैले आफूलाई मन्दीको सामना गर्न तयार गर्नु पर्ने छ” सिबिएस टिभी च्यानलले सञ्चालन गरेको एक कार्यक्रममा ब्लैंकफिनले भने।  

उनका अनुसार मन्दी कुनै सामान्य कुरा होइन। यसको सामना गर्न धेरै सतर्कताकासाथ बाटो राेज्नु पर्ने हुन्छ। फेडरल रिजर्भसँग महँगी कम गर्ने धेरै राम्रा टुलहरू छन्। ती टुलहरूलाई उसले राम्रोसँग प्रयोग पनि गरिरहेको छ। कोभिडका महामारीकोबीच विश्वले अनेकन् तनाव झेलिरहेको थियो। त्यो तनाव कम हुन नपाउँदै रुस र युक्रेन युद्धले थप आर्थिक तनाव बढाएको छ।  

ब्लैंकफिनको भनाइ त्यसै दिन आएको हो जुन दिन गोल्डम्यानको इकोनमिक्स टिमले अमेरिकाको जिडिपी कम रहने अनुमान प्रस्तुत गरेको थियो। जेन हेट्ज़ियसको नेतृत्वमा तयार पारिएको रिपोर्टमा यस वर्ष अमेरिकाको जिडिपी २.६ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ। यसै गरी आउने सन् २०२३ को अनुमानलाई समेत २.२ प्रतिशतबाट घटाएर १.६ प्रतिशतमा झारिएको छ।  

बजारमा बढ्दै गइरहेको माल बस्तुको मूल्यलाई लिएर अमेरिकी उपभोक्ताको मनस्थिति नै बिग्रिँदै जान थालेको छ। खाध्यन्न, उपभोग्य सर समान र निर्माणसँग सम्बन्धित बस्तुहरूको मूल्य तीव्र गतिमा बढेका कारण अमेरिकामा मार्च महिनामा महँगी बढेर ८.५ प्रतिशतमा उक्लिएको थियो। जुन ४० वर्ष यताकै सबैभन्दा ठूलो महँगीको सामान यस वर्ष अमेरिकीहरूले गर्नु पर्‍यो। यद्यपि अप्रिलमा आएर महँगी केही नियन्त्रणमा आएको छ। तर जुन रुपमा नियन्त्रणमा आउनु पर्ने हो त्यो भने आएको छैन। अहिले महँगी ८.५ प्रतिशतबाट घटेर ८.३ प्रतिशतमा झरेको छ।

पछिल्लो समय बढाइएको ब्याजदरका कारण उपभोग कम हुन जाँदा उक्त प्रतिशतको गिरावट आएको हो। महँगी दर यही अनुरूप नै रहने हो भने आउने दिनमा पूनः अमेरिकी जनताले थप बढ्दो ब्याजदरको सामना गर्नु पर्ने हुन सक्छ। किनकि मुद्रा स्फीति कम गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने गर्छन्। ब्याजदर बढ्दा उपभोग्य बस्तुको थप मूल्य बढ्छ। मूल्य बढेपछि उपभोग कम हुन्छ भन्ने मान्यता स्थापित छ। घटेको उपभोगले मुद्रा स्फीतिलाई सन्तुलनमा लैजाने गर्छ भन्ने विश्व मान्यता छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।