मुल्य बृद्धिको मौका पारेर कतिपय आयातकर्ता र व्यापारीहरुले मूल्यमा चलखेल गरे,कालाेबजारी र सामान लुकाउने काम भएको छ

May 23, 2022 06:14 PM Merolagani

पुरुषोत्तम ओझा

अहिले विश्वव्यापी रुपमा नै मूल्य बृद्धि भइरहेको छ । मूल्य बृद्धि गर्ने पहिलो काम कोरोनाले गरेको छ । कोरोनाका कारणले कतिपय उत्पादनमा पनि असर पर्न गयो । यसले मूल्य बृद्धि हुन पुग्यो ।

कोरोनाकै कारण आपूर्ति चक्र खल्बलियो । यसले गर्दा पनि समस्या भएकाे हाे । अर्काे कुरा, रुस र युक्रेनको लडाइका कारणले गर्दा मूल्य बृद्धि हुन पुग्यो ।

कतिपय अत्यावश्यक बस्तु जस्तै तेल, ग्यास, खाद्यबस्तुहरु जौं, मकै, गहुँ जस्ता बस्तु निर्यात गर्ने दुई ठूला मुलुक रुस र युक्रेन हुन् । ती दुई मुलुकमा भएको द्धन्द्धका कारण त्यहाबाट उत्पादित बस्तुहरु बाहिर आउन सकेनन् ।

एक त रुस र युक्रेन युद्धका कारण त्यहाको उत्पादन पनि प्रभावित भयो । अर्को विश्व बजारसँग जोडिने कुरा पनि त्यसले अबरुद्ध पार्यो ।

युद्धका कारण युक्रेन ध्वस्त भयो । अर्कोतिर रुसलाई नाकाबन्दी लगाएका कारण पनि उसको सामानहरु त्यति बाहिर जान सकेका छैनन् ।

यी सबै कारणले गर्दा विश्वव्यापी रुपमा मूल्य बृद्धि भएको छ । त्यसको असर त नेपालमा पनि पर्ने नै भयो ।

अहिले तेलको मूल्य भारी रुपमा बढेको छ । रुस तेल र ग्यासको हिसाबले ठूलो उत्पादन र निर्यातकमूलुक पनि हो । 

मूल्य बृद्धिकाे असर  बिपन्न मुलुकमा बढी

बिपन्न मुलुकमा श्रोत साधानको कमी छ । उत्पादन कमी छ । धेरै बस्तुहरु आयातमा निर्भर गर्नुपर्छ त्यस्ता मुलुकहरुलाई बढी मात्रमा मूल्य बृद्धिले असर पारेको छ ।

अफ्रिकी मुलुकहरुमा पनि अहिले ब्यापक रुपमा मूल्य बृद्धि भएको छ । त्यहा गहुँ, मकै र जौंलगायतका बस्तु रुस र युक्रेनबाट जाने गर्छन् । त्यो रोकिएका कारण अफ्रिकी मुलुकमा धेरै असर पारेको छ ।

नेपालमा एक हप्तामा दुई पटक मूल्य बृद्धि

अहिले विश्वव्यापी रुपमा तेलको आपूर्तिमा कमी भएका कारणले पेट्रोलियम पदार्थ, खाने तेलको मूल्य निरन्तर उकालो लागि रहेको छ । त्यसलाई थेग्न नसकेर होला सरकारले पनि नेपालमा निरन्तर एक एक हप्तामा नै ठूलो ठूलो परिणाममा मूल्य बृद्धि गरिरहेको अवस्था छ ।

आत्मनिर्भर हुन सन्देश

आयातमा मात्रै निर्भर हुने कतिपय मुलुकहरुलाई अहिले आखाँ उघार्ने ‘सिग्नल’ दिएकाे छ । खाद्यबस्तु उत्पादनमा मुलुकहरु आत्मनिर्भर हुनुपर्छ भन्ने यसले एउटा सन्देश पनि मुलुकहरुलाई दिएको छ ।

कैयौ मुलुकहरु आफू उत्पादन नगर्ने आयात मात्रै गर्ने गरेका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने ५६÷५७ अर्बको धान, चामल, गहुँ, मकैं, कोदो, तोरीलगायतका खाद्यान्न बस्तुहरु आयात हुन्छन् ।

यो आयातित बस्तुमा मूल्य बृद्धि हुने वित्तीकै त्यसको चाप सबै मुलुकबासीलाई पर्ने भयो । त्यसको गम्भीर असर त कम आय भएका अथवा निश्चित आय भएका व्यक्तिहरुलाई पर्ने भयो ।

अत्यावश्यक बस्तुमा ठूलो लगानीको आवश्यक

अत्यावश्यक खाद्य बस्तुहरु धान, चामल, गहुँ, मकैं, तोरीको तेललगायतका अत्यावश्यक बस्तुहरुमा खाद्य सुरक्षाको लागि पनि मुलुकहरुले त्यसमा ठूलो लगानी गर्नु पर्ने देखिन्छ । कैयौं मुलुकहरुले कृषकलाई ठूलो परिणाममा अनुदान दिएर आफूलाई चाहिने बस्तुहरु आफै उत्पादन गरिरहेको अवस्था छ ।

मूल्य बृद्धि हुनुमा रासायनिक मलको अभाव

खाद्य बस्तुको मूल्य बृद्धि हुनुको अर्को ठूलो कारण रासायनिक मलको अभाव पनि हो । किनभने रुस र युक्रेन पनि रासायनिक मल पनि उत्पादन गर्ने ठूला मुलुक हुन् । त्यहाबाट रासायनिक मल नआएका कारणले गर्दा पनि उत्पादनमा त्यसको नकारात्मक असर पर्ने देखिएको छ ।

रासायनिक मलले पनि समस्यालाई झन गहिरो रुपमा बल्झाउने काम गरेकाे छ । खाद्य बस्तुहरुमा आत्मनिर्भर हुने र खाद्य बस्तु उत्पादनका लागि चाहिने मल पनि आफूले उत्पादन गर्नेतिर कम विकसित मुलुकले ध्यान दिनु जरुरी छ ।

पेट्रोलिय पदार्थलाई प्रतिस्थापन गर्नु पर्ने

तेलको बढ्दो आयातलाई नियन्त्रण गर्न एकदमै जरुरी छ । नियन्त्रण त्यतिकै हुँदैन्, त्यसको लागि बैंकल्पिक उपाय गर्नु पर्यो । बैकल्पिक उपाय भन्नाले जलविद्युत उत्पादन, सोलार पावर, उइन्ड पावरमा बढी जोड दिनु पर्छ । पेट्रोलिय पदार्थ प्रयोग हुने ठाउँमा विद्युत शक्तिले प्रतिस्थापन गर्ने तर्फ जानु पर्छ ।

पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको आयातलाई कम गर्दै लैजानेतिर योजना बनाएर जानु जरुरी हुन्छ । त्यसका लागि नेपालमा विद्युत उत्पादनका लागि थुप्रै जलविद्युत आयोजना बन्दै गएका छन् । अलिकति सरकारले विद्युत शक्तिको प्रयोग बढाउनका लागि आम जनताले प्रयोग गर्ने विद्युतमा सहुलियत दिने अथवा सहुलियत दरमा नै बिजुली उपलब्ध गराउँदै जानुपर्छ ।

भान्सामा ग्यासको सट्टा बिजुलीको प्रयोग गर्न प्रोत्साहन गर्ने, त्यसका लागि इन्डक्सन चुलो र बिजुलीबाट चल्ने उपकरणहरुको मुलुक भित्र उत्पादन गर्नेतिर जोड दिनु पर्यो । अर्को कुरा आयात गर्दा त्यस्ता बस्तुहरुको भन्सार छुट दिने अथवा भन्सारमा सहुलियत दिने कुराहरु गर्न जरुरी छ ।

विद्युतिय सवारी साधानहरुलाई प्रोत्साहन

विद्युतिय सवारी साधानहरुलाई प्रोत्साहन गर्नु पर्ने हुन्छ । खासगरी, कोरोनापछि गाडी र मोटर साइकलको आयात अत्यधिक रुपमा बढेको छ । त्यसले गर्दा पेट्रोलिय पदार्थको आयात र उपभोग पनि त्यही अनुपातमा बृद्धि भएको छ ।

अर्कोतिर गाडी आयात गर्दा पेट्रोलियम पदार्थबाट चल्ने नभइकन विद्युतबाट चल्ने गाडीहरुको आयात र उत्पादन गर्नेतिर ध्यान दिन जरुरी हुन्छ ।

धमिलो पानीमा माछा मार्ने बढी

खासगरी विश्व बजारमा भएको मुल्य बृद्धिको मौका पारेर कतिपय आयातकर्ता र व्यापारीहरुले मूल्यमा चलखेल गर्ने गरेको पनि पाइन्छ । अनावश्यक रुपमा मूल्य बढाउने, कालाबजारी गर्ने, सामान लुकाउनेजस्ता काम भएका छन् । त्यसको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ ।

कमसे कम अत्यावश्यक बस्तुको आपूर्तिमा चलखेल नहोस भन्ने दृष्टिकोणबाट बजार अनुगमनलाई प्रभावकारी बनाएर लैजान जरुरी हुन्छ । त्यसका लागि गलत काम गर्ने व्यापारीहरुलाई समाप्ने, दण्डित गर्ने, नैसिहत दिने र अरुहरुलाई पनि त्यस किसिमको काम गर्नका लागि त्यसले निरुत्साहित गर्छ ।
(उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव ओझासँग विष्णु बेल्वासले गरेको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।