बालेन साहको जित सुनिश्चित, उनी भन्छन् ‘विजय जुलुस नगरौं, बरु धन्यवाद र्याली गरौं’

May 25, 2022 12:43 PM Merolagani

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) को जित सुनिश्चित भएको छ । उनको जित सुनिश्चित भएपछि समाजिक सञ्जालमा ‘विजय जुलुस नगरौं, बरु धन्यवाद ¥याली गरौं’ भनेर अपिल गरेका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेनले आफ्नो विजय निश्चित भएपछि निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न पनि अपील गरेका छन् ।

उनले बुधवार आफ्नो समर्थकहरुलाई विजय जुलुस नगर्न, बरु धन्यवाद ¥याली गर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन पनि अपील गरेका छन् ।

यो समाचार तयार गर्दासम्म बालेनले ५५ हजार ७७७ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धा गरिरहेकी सिर्जना सिंहले ३५ हजार ३७१ र केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् ।

‘जित– हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’, उनले भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।’

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Apr 12, 2024 08:31 AM

वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको छ।