भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको मूल्य बढ्ने

May 25, 2022 02:12 PM MeroLagani

भारतले आगामी जुन १ तारिखदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको मूल्य अझै बढ्ने भएको छ ।


भारतले खाद्य सुरक्षालाई ध्यानमा राखेर केही समय अगाडि गहुँमा पनि प्रतिबन्ध लगाएको थियो भने आगामी जेठ १८ गतेदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेपाल चिनीको सवालमा पुरै भारतमा निर्भर रहेको छ ।

भारतले आफ्नो घरायसी उपभोक्ताको हित संरक्षणको लागि भनेर प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालको उपभोक्तामा पर्ने अर्थविद् केशव आचार्यले बताए । उनले भने –‘बैधानिक रुपमा भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर भनेको नेपालमा चिनीको मूल्य महंगिन्छ । चिनीको मूल्य बढेसँगै यसको प्रयोगबाट बनाइने विभिन्न मिठाई र अन्य औषधिहरु समेत मंहगिने छ ।’ नेपाल भारत बीच खुला सिमानाका कारण चिनीको कालो बजारीसमेत प्रश्रय पाउने उनले बताए ।

भारतको चिनीको सबैभन्दा ठूलो उत्पादक हो भने संसारको दोस्रो ठूलो निर्यात गर्ने राष्ट्र हो । विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने देशमा ब्राजिल पर्दछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।