१ अर्ब २० करोड रुपैयाँको कुमारी धनबृद्धि योजना आजदेखि बिक्रीमा,राम्रो अवसर बन्न सक्छ: क्यापिटल

May 26, 2022 05:56 AM Merolagani

शेयर बजार घट्दो क्रममा छ। घट्दो बजारमा पनि म्युचुअल फण्डहरुलाई शेयर बजारमा लगानी गरेर आफ्नो पूँजी जोगाउने र लगानीकर्तालाई प्रतिफल प्रदान गर्न चुनौती छ। 

नेप्से सूचककाे तुलनामा म्युचुअल फण्डहरुको न्याभमा कम गिरावट देखिन्छ। नयाँ लगानीकर्ताहरुको लागि म्युचुअल फण्ड शेयर बजारमा लगानीको लागि सुरक्षित क्षेत्र पनि मानिन्छ। यसैबीच कुमारी क्यापिटलले आजदेखि १ अर्ब २० करोड रुपैयाँको कुमारी धनबृद्धि योजना बिक्रीमा ल्याएको छ। जुन लगानीकाे लागि एक उपयुक्त अवसर बन्नसक्छ। यसै विषयमा आधारित रहेर मेरो लगानीले कुमारी क्यापिटलका चिफ अपरेटिङ अफिसर पुष्प शर्मासँग कुराकानी गरेको छ।

  • अहिले शेयर बजार घट्दो क्रममा छ। यस अवस्थामा सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले कसरी काम गरिरहेका छन्। म्युचुअल फण्डहरुको अवस्था कस्तो छ?

बजार घट्नु बढ्नु भनेको साधारण कुरा हो। बजार घट्ने बढ्ने भइरहन्छ। बजारलाई कहिले कुन कुराले असर पार्छ भन्ने कुरा अनिश्चित हुन्छ।

अहिले चलिरहेको म्युचुअल फण्डहरुले पूँजी संरक्षण नै गरेको देखिन्छ। हाम्रो कुमारी इक्वीटि फण्डको पनि बैशाख अन्तिमसम्मकाे न्याभ १०.६७ छ। अरु न्याभ प्रकाशित गर्ने म्युचुअल फण्डहरुको रिपोर्ट हेर्दा पनि राम्रै देखिएको छ।

बजारको ट्रेण्ड अनुसार स्किम म्यानेजर र फण्ड म्यानेजरले राम्रोसँग काम गरेको देखिन्छ। नाफा बुकिङ र पूँजी सँरक्षणमा राम्ररी काम गरेका छन्।

  • अहिलेको बजारमा नयाँ लगानीकर्तालाई चाँही सूचीकृत कम्पनीमा लगानी गर्नु भन्दा पनि म्युचुअल फण्डमा लगानी गर्नु फाइदाजनक देखियो होइन?

एकदमै हो। हामीले रिसर्च बेसमा लगानी गछौ। त्यसले गर्दा लगानीकर्ताले म्युचुअल फण्डलाई लङटर्म प्लान बनाएर लगानी गर्नु भयो भने म्युभुअल फण्डले दिने रिटर्न राम्रो पाउनु हुन्छ भने बजारको उतारचढावको चिन्ताबाट पनि टाढै रहेर आफ्नो कोर काममा फोकस गर्न सक्छन। म्युचुअल फण्डमा लगानी गर्दा मानसिक चिन्ता कम भएर जाने र लगानी पनि जोखिममा नरहने भएकोले एकदमै उपयुक्त इन्ट्रुमेन्ट हुन्छ।

  • कुमारी क्यापिटलले कुमारी धनबृद्धि योजना बिक्रीमा ल्याउदै छ। यो कस्तो फण्ड हो?

हाम्रो कुमारी धनबृद्धि योजनाको आजदेखि नै बिक्री खुल्ला हुँदै छ। यो १ अर्ब २० करोडको योजना हो। मागभन्दा बढी आवेदन परेको अवस्थामा योजनाको आकारलाई बढाएर १ अर्ब ५० करोड रुपैयाँसम्म पुर्याउन सक्छौ।

हामीले आहिले ६० प्रतिशत रकम सूचीकृत शेयरमा लगानी गछौ, ३५ प्रतिशत निश्चित आय भएका साधानहरुमा लगानी गर्छाै भने ५ प्रतिशत रकम कल करेन्टमा रहन्छ।

जोखिमका हिसाबले यो योजना मध्यम खालको रिस्क भएको योजना हो। ६० प्रतिशत सूचीकृत शेयर जाने भएकोले मध्यम खालको रिस्क क्यारी गर्ने योजना हो। यसमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छन्।

नेप्से इन्डेक्स पनि तल्लो विन्दुमा आएकोले हामीलाई बजारमा प्रवेश गर्न पनि उपयुक्त समय छ। यो समयमा छिर्न सकियो भने युनिट होल्डरलाई राम्रो प्रतिफल दिन सक्छौ।

  • कुमारी धनबृद्धि योजना बजारमा भएका म्युचुअल फण्डभन्दा के फरक छ?

एउटा स्रोत विनियोजनको संरचनाको हिसाबले केहि फरक छ। हामीले सूचीकृत कम्पनीहरुमा लगानी गर्नको लागि ६० प्रतिशत छुट्याइएकोमा त्यसबाट लगानी गर्दा प्रतिस्पर्धात्मक लाभ भएका कम्पनीहरुमा लगानी गर्ने योजना छ।

सम्पत्तिकाे सन्तुलन र मार्केटको ट्रेन्ड अनुसार प्लान गरेर योजनालाई अगाडि लैजाने योजना छ।

  •  इकाईधनीलाई दिने प्रतिफलको विषयमा के योजना छ?

हाम्रो प्रक्षेपण अनुसार सुरुको २ वर्ष १०/१० प्रतिशत लाभांश वितरण गछौ। त्यसपछिको ४ वर्ष १२ प्रतिशत, त्यसपछि २ वर्ष १५ प्रतिशत र दशौ वर्षमा १० प्रतिशत वितरण गरेर फण्डको न्याभ २२ प्रतिशत पुर्याउने गरी प्रक्षेपण गरेका छौ।

  •  अन्त्यमा, बजार घटेको बेलामा पनि फण्डमा लगानी गर्ने इकाइधनीलाई निराश नबनाउने गरी कसरी काम गर्नुहुन्छ?

ढुक्क भएर लगानी गर्नु भए हुन्छ। हाम्रो पहिलो स्किमको पनि ट्रयाक रेकर्ड राम्रै छ। हामीले ५ महिना सञ्चालन गरेर पनि ५ प्रतिशत प्रतिफल दिएका छौ। यो वर्ष पनि डिभिडेण्ड क्यापासिटि राम्रो छ।

आफुसँग भएको फण्ड हाम्रो स्किममा लगानी गर्नु भयो भने राम्रो प्रतिफल पनि पाउनुहुन्छ र बजारको उतारचढावबाट टाढा रहेर आफ्नो कोर काममा फोकस गर्न सक्नुहुन्छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।