शेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन

May 26, 2022 12:11 PM Merolagani

प्रभु क्यापिटल (PBCL)ले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुकोलागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम जेष्ठ ९ गते शुरु भएको कार्यक्रम जेष्ठ ११ गते सम्म ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिकालागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।