फलफुल तथा जडिबुटी प्रशोधन आयोजनालाई आधार दरमा २ प्रतिशत मात्रै जोडेर ऋण दिनुपर्ने

May 26, 2022 05:20 PM MeroLagani

नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई फलफुल तथा जडिबुटी उत्पादनका लागि सहुलियत दरमा ऋण दिन निर्देशन दिएको छ ।

 

केन्द्रीय बैंकको निर्देशनमा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि ऋण दिँदा आधारमा दरमा . बढीमा २ प्रतिशत मात्रै प्रिमियम थप गरेर ऋण दिन निर्देशन दिएको हो । यस्तो सुविधाको कर्जा जग्गा खरिद प्रयोजनको लागि उपयोग गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय केन्द्रीय बैकल व्यापार, आयातजन्य एवम् शेयर बजार र जग्गा किन्ने जस्ता क्षेत्रमा कडाई गर्दै आएको छ । आगामी वर्षदेखि लागू हुने गरी ल्याइएको नीतिमा यस्ता क्षेत्रमा जाने कर्जामा जोखिम भार बढाएर १ सय ५० प्रतिशतसम्म पु¥याएका छन् तर उत्पादनशील क्षेत्रमा जाने कर्जामा भने राष्ट्र बैंकले सहुलियत दिने नीति लिएको छ । यसअघि पनि व्यवसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतमात्रै लिन पाउने नीति लिएको थियो । त्यसैगरी त्यस्ता परियोजना जाने कर्जाको लागि धितोको रुपमा मोटर बाटो नभएको खेतीयोग्य जग्गा भए पनि धितोको रुपमा स्वीकार गर्न सक्ने नीति लिएको थियो ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।