चीन जाने यात्रुले अब काठमाडौंमा क्वारेन्टाइन बस्नु नपर्ने

Jul 01, 2022 04:48 PM MeroLagani

नेपालबाट चीन जाने यात्रुहरुले अब नेपालमा क्वारेन्टाइन बस्नु नपर्ने गरी नियम खुकुलो बनाइएको छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिनुअगाडि काठमाडौँमा बस्नुपर्ने पाँच दिनको तारे होटल क्वारेन्टाइनको नियम बिहीबारबाट पूर्ण रुपमा हटेको हो ।

काठमाडौँस्थित चिनियाँ राजदूतावासले एक सूचना प्रकाशित गरी यसअघि पीसीआर र एन्टिजीन परीक्षण लागि ह्याम्स र स्टार हस्पिटलको रिपोर्टलाई मात्र मान्यता दिएकोमा त्यसलाई हटाएर सरकारबाट मान्यताप्राप्त कुनै पनि प्रयोगशालाको परीक्षणलाई मान्यता दिने जनाएको छ ।

परिमार्जित नियमअनुसार बोर्डिङ्ग पास लिनुभन्दा ४८ र २४ घण्टा अगाडि दुई पटक मात्र पीसीआर र एन्टिजिन परीक्षण गरे पुग्ने भएको छ । तर यी दुई परीक्षण पनि छुट्टाछुट्टै प्रयोगशालामा गर्नुपर्ने छ । यसअघि दुई हप्ताअगाडिको परीक्षण रिपोर्टसमेत पेश गर्नुपर्ने प्रावधान थियो ।

तेस्रो मुलुकबाट चीन जान कम्तिमा २८ दिन नेपाल बस्नुपर्ने नियम पनि बिहीबारबाटै रद्द भएको छ । तेस्रो मुलुकका यात्रुले कोरोनाको परीक्षण गरेर सम्बन्धित मुलुकमा रहेको चिनियाँ नियोगबाट हेल्थ कार्ड प्राप्त गरेपछि नेपाल हुँदै सीधै चीनतर्फ उडान भर्न पाउने छन् ।

काठमाडौं कुनमिङ उडान गर्दै आएको हिमालयन एअरलाइन्सले टिकट बिक्री गर्दा नै क्वारेन्टाइनबापतकाे शुल्क समेत लिने गरेका थिए । क्वारेन्टाइन बस्नु नपर्ने भएपछि एयरलाइन्सले सो शुल्क फिर्ताको लागि टिकट बिक्री काउन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ । नेपालमा क्वारेन्टाइन बस्नुपर्ने प्रावधान खारेज गरेपछि आफ्नो भूमिमा पुगेपछि एक हप्ता अझै क्वारेन्टाइन बस्नुपर्ने प्रावधान भने अझै कायम नै छ । यसअघि चिनियाँ एयरपोर्टमा ओर्लिएपछि दुई हप्ता क्वारेन्टाइन बस्नुपर्ने नियम थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।