लाभांश प्रस्ताव पारित गर्न एक्सेलले डाक्यो साधारण सभा

Jul 03, 2022 07:43 AM Merolagani

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। बैंकले साउन ९ गते, सोमबार, सिद्धार्थ होटल, बिर्तामोडमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असार २८ गतेदेखि साउन ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।