अहिले खरिद गरिएको शेयर एक महिना पाल्न सके मात्र पनि उच्च प्रतिफल

Sep 13, 2022 06:41 AM Merolagani

अहिले खरिद गरिएको शेयर एक महिना पाल्न सके मात्र पनि उच्च प्रतिफल पाइने निश्चित देखिएको छ । न्यूनतम विन्दुतिर आएको नेप्से (१९१२.७४ विन्दु) पुनः उकालो लागेमा आम्दानी हुने छँदैछ । तर, शेयर बजार यतिकै अंकमा रहेपनि नेप्सेमा सूचीकृत धेरैजसो कम्पनीले उच्च लाभांश दिन सक्ने देखिएकाले लगानीकर्ताले उच्च लाभांश पाउने सम्भावना छ ।

अहिले उच्चतम ब्याजदर पाउनका लागि मुद्दती निक्षेपमा रकम राख्नुपर्छ । बैंकको मुद्दती निक्षेपमा प्रतिफल पाउनका लागि कम्तिमा तीन महिना पर्खनु पर्छ । मुद्दती निक्षेपमा रकम राख्दा ११ प्रतिशतसम्म ब्याज पाइने गरेको छ । बैंकको बचत खातामा रकम राख्दा ६.५ प्रतिशत मात्र ब्याज पाइन्छ ।

तर, शेयर बजारमा अहिले नै शेयर खरिद गर्ने हो भने एक वा दुई महिना भित्रैमा गत वर्षभरी सूचीकृत कम्पनीले कमाएको लाभांश हात पार्न सकिन्छ । यसले गर्दा अहिले बैंकमा राखेर बैंकले दिने ब्याज भन्दा शेयरमा लगानी गर्दा उच्च प्रतिफल पाइने लगानीकर्ताहरुको भनाइ छ।

सूचीकृत कम्पनीहरुले केही समय अघि सार्वजनिक गरेको एक वर्षको तथ्यांकले पनि यही कुरालाई पुष्टि गर्दछ । गत वर्ष राम्रै नाफा कमाएका कम्पनीहरुले यस वर्ष लगानीकर्तालाई राम्रै प्रतिफल दिने देखिन्छ ।

वाणिज्य बैंकहरुको कुरा गर्ने हो भने पनि नाफा अघिल्लो वर्ष भन्दा बढेको छ । यसले पनि वाणिज्य बैंकले गत वर्षको नाफाबाट उच्च लाभांश दिने सम्भावना देखिएको हो ।

यसैगरी, गत आर्थिक वर्षको असार महिनासम्म प्रकाशित गरेको वित्तीय विवरणमा अधिकांश बैंकको शेयर आम्दानी गतवर्षको तुलनामा बढेको छ । यसको साेझो अर्थ हो, लगानीकर्ताले प्रतिफल उच्च पाउने सम्भावना देखिनु ।

अघिल्लो वर्ष कोरोनाका कारण राष्ट्र बैंकले बैंकहरुलाई नगद भन्दा बोनस लाभा‌ंश वितरण गर्न जोड दिएको थियो । त्यसै अनुसार नीति बनाएको थियो । तर, यसपाली राष्ट्र बैंकले बैंकहरुलाई  बोनस वा नगद जे दिन पनि सक्ने गरी स्वतन्त्र छाडिदिएको छ ।

तर, यसपाली पनि बैंकहरुले नगदलाई भन्दा बोनसलाई नै प्राथमिकता दिने तयारी गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुले चुक्ता पुँजी १० अर्ब भन्दा माथि पुर्याइसकेका छन् । अझै पनि उनीहरुलाई चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता छ ।

यस वर्ष पनि बैंकहरुले चुक्ता पुँजी बढाउने भित्री तयारी गरिरहेका छन् । हकप्रद सेयर जारी नगरी बाेनस, मर्जर वा एक्विजिसनको माध्ययबाट चुक्ता पुँजी बढाउने योजना बनाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले ८ अर्ब चुक्ता पुँजी पुर्यायो भनेर धारे हात लगाउने बैंकरका प्रमुख कार्यकारी अधिकृतहरु अहिले चुक्ता पुँजी जति बढी भयो त्यति व्यापार गर्न सहज भएको बताउँछन् । ‘त्यति बेला मलाई ८ अर्ब चुक्ता पुँजी बनाउँदा धारे हात लगाउनेहरु अहिले ठिकै गर्नुभएछ भन्छन्,’ उनले भने, ‘यसले गर्दा अझै पनि वाणिज्य बैंकलाई चुक्ता पुँजी नबढाई सुखै छैन्।’

वाणिज्य बैंकहरु चुक्ता पुँजी कम भएको अझै बढाउनु पर्याे भन्दै हिंडेको उनको भनाई छ । बाेनस शेयर दिएर चुक्ता पुँजी बढाए भने त लगानीकर्तालाई कागताली नै पर्ने भयो । 

तर्क वा गफले होइन,तथ्यांकले नै यस वर्ष बैंकहरुले दिने प्रतिफल उच्च हुने देखिएको छ । बैंकहरुले भरखरै सार्वजनिक गरेको गत असारसम्मको तथ्यांकले पनि अधिकांश बैंकको प्रतिशेयर आम्दानी उच्च देखाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २४ वटा (राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी नगरेकोले) वाणिज्य बैंकहरुले यस वर्ष लगानीकर्तालाई राम्रै प्रतिफल दिने देखिन्छ ।

हालै मात्र नेपाल बंगलादेश बैंकलाई गाँभेको नबिल बैंकले गत वर्ष भन्दा कम लाभांश वितरण नगर्ने उद्घोष यसअघि नै गरेको छ । गत वर्ष नबिल बैंकले नगद र वोनस गरेर ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । उसले आफ्नो नम्बर वानको ताज कायम गर्न पनि उच्च लाभांश घोषणा गर्नु पर्ने बाध्यता छ ।

नेपाल बंगलादेश बैंकलाई गाँभेको नबिल बैंकको करिव ४० प्रतिशत लाभांश दिन सक्ने क्षमता पनि छ । यसैगरी, सिभिल बैंकलाई गाभ्ने अन्तिम तयारी गरिरहेको हिमालयन बैंक, मेगा बैंकलाई गाँभ्ने तयारीमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमइमा गाभिन लागेको बैंक अफ काठमाण्डू, सेन्चुरीलाई गाभ्ने तयारीमा रहेकाे प्रभु बै‌क, एनआइसी एशिया बैंक, एभरेष्ट र नेपाल बैंकले पनि लगानीकर्तालाई उच्च लाभांश दिनु पर्ने बाध्यता छ ।

यसैगरी, सानिमा बैंक, नेपाल एसबिआई बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम र एनसीसी बैंकले पनि नगद भन्दा बोनस लाभांश दिने तयारी गरेका छन् । उनीहरुमध्ये केहीको बाहेका प्रतिशेयर आम्दानी बढेकोले पनि उच्च प्रतिफल आउने अनुमान गरिएको छ ।

यस बाहेक अन्य बैंकको प्रतिशेयर आम्दानी बढेको छ । यसले पनि के देखाउँछ भने बैंकको प्रति शेयर आम्दानी बढेकाले पनि लगानीकर्ताले पाउने प्रतिफल बढ्ने छ ।

बैंकहरुले पुँजी बढाउँदै लाने रणनीतिमा छन् । त्यस्तो नीतिले पनि बैंकहरुले नगद भन्दा बोनसलाई जोड दिने सम्भावना बढी छ । लगानीकर्ताले नगद भन्दा बोनस प्राप्त गर्दा धेरै फाइदा हुने भएकाले पनि बोनसको अपेक्षा गरिएकाे छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।