वाणिज्य बैंकहरुले बढाए ब्याजदर

Sep 16, 2022 06:38 AM Merolagani

भदौको अन्तिम दिन वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार पछिल्लो ६ महिनादेखि स्थिर ब्याजदर कायम गरेका वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन्।

वाणिज्य बैंकहरुको अधिकतम १२.१३ प्रतिशत पुगेको छ। बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरले ब्याजर प्रदान गर्ने भएका छन्।

बैंकर्स सँघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेसँगै बैंकहरुले ब्याजदर बढाएका हुन्। भदौ ३० गते, बिहीबार बसेको सँघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको थियो।

गत फागुनदेखि नै बैंकहरुले निक्षेपको ब्याज बढाएका थिएनन्। सबै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर केहि बैंकले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स सँघले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गरेका हुन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।