लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) काे कम्पनी विश्लेषण

Sep 17, 2022 05:44 PM Merolagani

यस साता १३ मध्ये १२ वटा उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक, अंकका आधारमा सर्वाधिक घटेको छ। गत साता ७९०१.०५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता १३३.६३ अंक अर्थात १.६९ प्रतिशत घटेर ७९०१.०५ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN)।

इन्स्योरेन्सले हालै मात्र हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो।

यस साता इन्स्योरेन्सको शेयरमूल्य ९ रुपैयाँ घटेको छ। गत साताको बिहीबार १ हजार ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको यस इन्स्योरेन्सको शेयर, यस साता १ हजार ३५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा १ हजार ६०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १ हजार ३०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्यले छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन सुरुवाती समयमा शेयरमूल्य ओरालो लागेपनि अन्तिम समयमा भने बढेर बन्द भएको संकेत गर्दछ।

यस साता इन्स्योरेन्सको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले इन्स्योरेन्सको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

यस साता इन्स्योरेन्सको शेयरमूल्यसँगै भोल्यूम पनि घटेको छ। यस साता इन्स्योरेन्सको दैनिक औषतमा ५ हजार २१५ कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको २० दिने औषत भोल्युम ९ हजार २५२ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा इन्स्योरेन्सको दैनिक औषत भोल्यूम ४३.६५ प्रतिशत कम हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६.४० प्रतिशतले मात्रै बढी हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ र बीमालेख धितोमा १८ अर्ब ११ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।

बीमांकिय मूल्यांकन अघि इन्स्योरेन्स नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षमा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले यस अवधिमा भने ८ करोड ७४ लाख रुपैयाँ नोक्सानी व्यहोेरेको छ।

चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ, जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३ पैसा नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार इन्स्योरेन्सको प्राइस टु बुकभ्यालु रेशियो ११.०१ गुणा रहेको छ।

यस साता इन्स्योरेन्सको १४ दिने आरएसआई ४३.५१ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा इन्स्योरेन्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा इन्स्योरेन्सको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा इन्स्योरेन्सको २ करोड ६५ लाख ३२ हजार कित्ता शेयर सूचीकृत छ। इन्स्योरेन्सको १८० दिने औषत मूल्य १ हजार ५२९ रुपैयाँ ९५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य २ हजार ४९३ रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ६५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार इन्स्योरेन्सको कुल बजार पूँजीकरण ३५ अर्ब ९७ करोड ७३ लाख ९२ हजार ९३७ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु इन्स्योरेन्सको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।