प्राइम लाइफको बोनस दर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

Sep 19, 2022 01:25 PM Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट भदौ ३० गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ५० रुपैयाँ देखि ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ४२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।