कपाल र दाह्री काटेको शुल्क बढ्याे, कति तिर्नुपर्ने ?

Sep 19, 2022 04:18 PM Merolagani

कपाल काटेको शुल्क वृद्धि भएको छ । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्क बढाएको हो। सोमबार संघको उपत्यका समितिले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

संघले असोज १ गतेबाट काठमाडौं उपत्यकाभरकालागि नयाँ दररेट कायम गरिएको बताएको छ । सो सूची अनुसार अब कपाल काट्दा २०० रुपैयाँ अनिवार्य तिर्नुपर्नेछ । कपाल डिजाइनिङ्ग कटिङ्ग गरेमा ३५० देखि ५०० रुपैयाँ सम्म तोकिएको छ । यसअघि समान्य कपाल काटेको शुल्क १५० रुपैयाँ थियो ।

दाह्री काट्दा सामान्य शुल्क १२० रुपैयाँ पर्न जान्छ । यस्तै, स्पेशल दाह्री काट्न २०० रुपैयाँ लाग्ने भएको छ ।

नयाँ शुल्क अनुसार दाह्री डिजाइन गरेको १५० रुपैयाँ देखि २५० रुपैयाँ, टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ रहेको छ ।

यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि लाग्ने भएको छ ।

फेसवासको ४०० रुपैयाँदेखि ६०० रुपैयाँ पर्न जान्छ भने कपाल कालो कलर गरेको ५०० देखि ६५० रुपैयाँ र थ्रेडिङ्ग गरेको १२० रुपैयाँबाट सुरु भएर १५० रुपैयाँसम्म लिइने भएको छ ।

कपाल हाईलाईट डिजाईन कलर गर्दाको मूल्य बढेर एक हजार रुपैयाँदेखि एक हजार ६०० रुपैयाँ पुगेको छ । कपाल अनुसार स्ट्रेट गरेको न्युनतम एक हजार ८०० रुपैयाँदेखि अधिकतम ४ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको छ ।

अब कपाल आईरन गर्दा ७०० रुपैयाँ देखि ८५० रुपैयाँ, कपाल ट्रिटमेन्ट गर्दा ६५० देखि ८०० रुपैयाँ, कपाल डेडलक गर्दा, १२ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँ बुझाउनुपर्ने नाई संघले जनाएको छ ।

यसकासाथै कपाल कर्ल गरेको कम्तिमा तीन हजार ५०० रुपैयाँ र धेरैमा सात हजार रुपैयाँ सम्म दिने । हेयर क्रेटिङ्ग गरेको एक हजार ८०० रुपैयाँ देखि दुई हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।