आईपीओ निष्काशन गर्न बाँकी पाँच मध्ये तीन कम्पनी मर्जरमा जाने,आइएमई लाइफ र रिलायवल नेपालले मर्जर बिनै पूँजी पुर्याउने

Sep 20, 2022 05:18 PM Merolagani

सर्वसाधरणलाई आईपीओ निष्काशन गर्न बाँकी रहेका पाँच जीवन बीमा कम्पनीहरुले धमाधम पूँजी बढाउने तयारी थालेका छन् ।

बीमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

समितिले हकप्रद बिनै पूँजी बढाउन दबाब दिएपछि १५ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन् । त्यसमध्ये ७ वटा जीवन बीमा कम्पनीहरु र ८ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।

तर सर्वसाधरणलाई समेत आईपीओ निष्काशन नगरेका पाँच जीवन बीमा कम्पनीहरुले भने संस्थापकलाई पूँजी थप्न लगाएर भएपनि पूँजी पुर्याउने तयारी थालेका छन् । सिटिजन लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी बढाउने तयारी थालेका हुन् ।

त्यसमध्ये आइएमई लाइफ र रिलायवल नेपाल लाइफले मर्जरबिनै न्यूनतम चुक्ता पूँजी पुर्याउने तयारी थालेका छन् । संस्थापक शेयरधनीहरुबाट शत प्रतिशत पूँजी उठाएका दुबै कम्पनीले मर्जरबीनै पूँजी पुर्याउने तयारी थालेका हुन् ।

संस्थापकबाट ५० प्रतिशत पूँजी संकलन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

रिलायवल नेपालले मर्जर बिनै ५ अर्ब पूँजी पुर्याउने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरूले शत प्रतिशत पूँजी थपेका छन् । कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम जेठ २५ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूबाट १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापक शेयरधनीले शत प्रतिशत पूँजी थपेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

त्यसपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत १ अर्ब २० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यसपछि कम्पनीले हकप्रद वा बोनस शेयर वितरण गरेर बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने कम्पनीको तयारी छ ।

आइएमई लाइफ पनि मर्जर नजाने

आइएमई लाइफ इन्स्योरेन्सले पूँजी थप्ने विषेश प्रस्ताव सहित असोज २६ गते विहान ११ बजे लैनचौर बैङक्वेट्स, लैनचौरमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले संस्थापक शेयरधनीबाट हाल कायम चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकले शत प्रतिशत पूँजी थपेपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

संस्थापक शेयरधनीले शत प्रतिशत पूँजी थपे पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउने छ ।

सन नेपाल लाइफलाई मर्जरमा जानै पर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले शेयर वापतको ६० प्रतिशत पूँजी थप्न लगाएको छ । कम्पनीको निर्देशन अनुसार संस्थापक शेयरधनीहरुले असार ३० गते भित्र सो बराबरको रकम थप गरेका हुन् ।

पूँजी थप्नु अघि कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको थियो । उक्त पूँजीको ६० प्रतिशत अर्थात ८४ करोड रुपैयाँ पूँजी संस्थापकले थपेपछि २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

सर्वसाधरणलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेपनि कम्पनीलाई पाँच अर्ब पूँजी पुर्याउन गह्रो देखिन्छ । समितिको निर्देशन अनुसार पूँजी पुर्याउन कम्पनी मर्जरमा जानै पर्ने देखिन्छ ।

सिटिजन लाइफ पनि मर्जरमा जाने

सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापकलाई ५० प्रतिशत पूँजी थप्न लगाएपनि मर्जर जाने देखिन्छ । कम्पनीको हाल १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । संस्थापकले ५० प्रतिशत पूँजी थपेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

सर्वसाधरणलाई आईपीओ निष्काशन गरेपनि बीमा समितिले तोकिएको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन समितिलाई गह्रो छ ।

त्यसैले कम्पनीको गत साउन ६ गते सम्पन्न साधारण सभा मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । त्यस अनुसार सिटिजन लाइफ इन्स्योरेन्स मर्जरमा जानै पर्ने बाध्यता रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।