काठमाडौंमा चाडपर्व सुरक्षा योजना सार्वजनिक, ३ हजार ३४३ सुरक्षाकर्मी खटाइने

Sep 20, 2022 06:40 PM Merolagani

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको छ । परिसरले आजदेखि लागू हुने गरी दसैं तिहारलाई लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वको बेला हुन सक्ने ठगी तथा अपराधलाई नियन्त्रण विशेष सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ ।

काठमाडौं उपत्यकामा चाडपर्वका लागि ३ हजार ३४३ सुरक्षाकर्मीहरुले खटाइने परिसरले जनाएको छ । परिसरका अनुसार ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती, बिहान र रातको समयमा २४ वटा मोबाइल गस्ती, ७६ वटा साइकल गस्ती, १४ वटा क्वीक रेस्पोन्स टिम र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिनेछ ।

यस्तै प्रहरीले सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चाबहिल चोक, गोंगबु, नयाँ बसपार्क, बालाजु बाइपास, कलंकी र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गरिने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।