पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंक खोज्दै, गोप्य शिलबन्दी प्रस्ताव आह्वान

Sep 22, 2022 12:36 PM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले दुई वर्ष अवधिका लागि मुद्धती निक्षेप लगानी गर्न वाणिज्य तथा विकास बैंकहरुको खोजी गरेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक वाणिज्य तथा विकास बैंकहरुलाई सात दिन भित्र गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो ।

इच्छुक वाणिज्य तथा विकास बैंकहरुले लिन चाहेको रकम र व्याजदर उल्लेख गरी कम्पनीको तोकेको कोटेशन फारम भरेर आवेदन दिन सकिनेछ ।

कम्पनीले कति रकम मुद्धती लगानी गर्न चाहेको भने खुलाएको छैन । कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उल्लेख नगरिएको पुनर्बीमा कम्पनीले जनाएको छ ।

शिलबन्दी प्रस्ताव पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिललो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ ।

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरोटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एंव सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।