एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Sep 23, 2022 02:14 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ सूचीृकत भएको छ । बैंकको २० लाख कित्ता थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको ६ वर्ष अवधि १०.५० प्रतिशत व्याजदर भएको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गरेकाे थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे थियो ।

त्यसमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।