नाडा इभी चौतारी : ‘इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड’

Sep 24, 2022 12:57 PM Merolagani

नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन।नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवद्र्धन गर्न नाडा इभि अटोमा आयोजना भएको इर्भि चौतारी छलफलमा विज्ञहरुले विद्युतीय सवारीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन ।

सिप्रदी प्रालिका इभि ट्रेनिङ हेड दिपेश पौडलेले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दा धेरै प्राविधिक अन्योल देखिएको बताए । ‘

टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्राविधिक रुपमा कठिनाई व्यहोर्नुपरिरहेको छ’ पौडेलले भने ।

अन्य देशबाट इन्धनबाट चल्ने गाडी नै विद्युतीयमा रुपान्तरण भएरै  आए पनि नेपालमा विद्युतीय भन्ने वितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाई छ ।

उनले इभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टिमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । टेक्निसियनको क्षमता र दक्षता बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको पौडेलको दाबी छ ।

‘ग्राहकलाई पनि कुनै विद्युतीय गाडी खरिद गरे भने रेन्जको इन्जाइटि बढी रहेको पाएको छु’ पौडलेले भने ‘खासगरी नेपाल भर रहेको पाँच लाख मेकानिक्सको इभिमा क्षमता कसरी बढाउने भन्ने बिषयमा नीतिगत तहबाटै काम हुनु जरुरी छ’ ।

अहिलेसम्म नेपाल आएका जति पनि गाडी कन्भजर्न नै रहेको कारण यसलाई पनि जोड दिनु आवश्यक छ ।

त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर सिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारी साधनको विकास हुनुपर्नेमा जोड दिइन ।

‘नेपालको भाैगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन ‘हामीलाई कस्ता खालका इभि आवश्यक पर्ने हो, नेपालको आवश्यक्ता के हो यी बिषयामा पनि अध्ययन हुनुपर्छ’ ।

नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालिन रुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने उनको भनाई छ ।

त्यस्तै नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागि पनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तवरबाटै काम हुनपर्ने उनले बताइन ।

त्यसैगरी मेकानीकल इन्जिनियर अभिषेक कार्की नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताँउछन्।

‘नेपालमा एउटा गाडीलाई मात्रै विद्युतियमा रुपान्तरण गछौं भन्यो भने लागत धेरे बढी छ’ अभिषेकले भने ‘इन्धनबाट विद्युतीय सवारीसाधनलाई रुपान्तरण गर्न सरकारले नै सहयोग गर्नुपछ’ ।

उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ ।

सरकारले पनि २०३० सम्म आधा भन्दा बढी सवारी इभिमा रुपान्तरण भइसक्ने घोषणा भए पनि तत्काल त्यो सम्भव नभएको उनको भनाई छ ।

‘नेपालमा इर्भिको पहूँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुको विकल्प छैन’ ।

आगामी १० बर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने उनको दाबी छ ।

नेपालमा भएका इन्धनबाट चल्ने सवारीलाई जुन व्याट्री उपयुक्त छ ती गाडीहरुलाई विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पुरा हुने सम्भावना रहेको उनले बताए ।

‘हरेक देशले आफ्नो लागि भनेर मात्रै गाडी बनाउछ भने नेपालका लागि भनेर मात्रै गाडी बनाउदैन’ कार्कीले भने ‘नेपालको आवश्यकतालाई पनि बुझ्नुपर्छ’ ।

नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिए मात्रै नेपालमा व्याट्री उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।

नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारले पनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने  कार्कीले बताए ।

इन्धनका सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सेग्मेन्ट छुट्याएर अघि बढ्नुपर्ने कार्की बताउँछन । त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभिमा रुचि राख्ने सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए ।

‘पछिल्लो समय विद्युतीय गाडी लिने र चार्जिङ गर्न समस्या भइरहेको पाएको छु’ ज्ञवालीले भने ‘अब लङ ड्राइभवको लागि सरकार र नीजि क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता छ’ उनले भने ।

पछिल्लो समय नेपाल आएका गाडीहरु फास्ट चार्जिङ गाडी आएकाले फास्ट चार्जिङ वरदान नै हुने उनको दाबी छ ।

नेपाल सरकारले पनि खासगरी पब्लिक यातायातमा विद्युतीकरण नगरी नेपालको विद्युतीय सवारीसाधनमा जे जति अपेक्षा गरेका छौं त्यो नहुने उनको भनाई छ ।

निजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातमा विद्युतीकरणमा ध्यान गएको नपाईएको उनले बताए ।

त्यसैगरी सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतिको बिषय रहेको बताए ।

सरकारले पनि विद्युतीय सवारीसाधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइदिनुपर्ने उनको भनाई छ । अब नेपालमा निजी इर्भिलाई भन्दा पनि पब्लिक गाडी तर्फ नै केन्द्रित हुनेपर्ने धामीको दाबी छ ।

त्यसैगरी सरकारले विद्युतीयमा कन्भर्सन गर्न इन्धनबाट चल्ने सवारीलाई सहुलियत र विद्युतीयमा रुपान्तरण हुने सवारीलाई नियामन गर्ने संयन्त्र पनि अपनाउनुपर्ने धामी बताउँछन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।