भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

Sep 25, 2022 12:52 PM Merolagani

नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । उक्त नेपाल पे क्यूआरलाई ग्राहकले सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको  फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नपाल पे चल्ने यकिन गर्न उक्त एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पे को लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे,मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ । नेपाल पे क्यूआरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत हाल सम्म static QR, dynamic QR, QR gateway र QR POS मार्फत ७० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।   

नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल सरकारको राजस्व भुक्तानी समेत क्युआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपाल पे क्युआर थप गरिएको छ, जस अन्र्गत उक्त क्युआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी समेत गर्न सकिने भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।