एनआइविल प्रगति फण्डले शेयरधनीको खातामा पठाउन थाल्याे लाभांश, इकाइधनीले ३ करोड लाभांश पाउने

Sep 26, 2022 11:27 AM Merolagani

एनआइविल प्रगति फण्ड (NIBLPF) ले इकाईधनीको खातामा लाभांश पठाउन थालेको छ। फण्डले गत वर्षको कमाइबाट कर सहित ४.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोहि लाभांश सोमबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो।

म्युचुअल फण्डले इकाईधनीहरुलाई कुल ३ करोड १५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ। इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले धने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउने छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।