दशैं, तिहारको लागि आजबाट देशभर ‘रुट परमिट’ खुला

Sep 26, 2022 12:37 PM Merolagani

यातायात व्यवस्था विभागले दशैं तिहारको लागि आज अर्थात असोज १० गतेदेखि देशभर सवारीसाधनलाई रुटपमिट खुल्ला गरेको छ ।

दशैं, तिहारका लागि आ(आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरिएके हो ।

विभागले असोज २३ गतेसम्म लागू हुने गरी यात्रुको सहजताको लागि पमिट खुल्ला गरेको हो । बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने विभागले जनाएको छ ।

चाडपर्व लक्षित काठमाडौंबाट बर्षेनि लाखौ. मानिस बाहिरिने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो बर्ष १८ देखि २० लाख हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको बताए । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।