गत भदाै १६ गते राजपत्रमा नेपालमा पहिलाे पटक यस्ताे आयाेग गठन गरिने सूचना प्रकाशित भएकाे थियाे । सरकारले गठन अादेश अनुसार आयाेग गठन गरेकाे हाे ।
सरकारी कार्यालयहरू विस्तारै बिद्युतीय प्रणालीमा आवद्ध हुँदै जाँदा प्रणालीलाइ व्यवस्थित,सुरक्षित र मर्यादित बनाउन अावश्यक पर्ने नीति नियम बनाउनु आयाेगकाे काम हुने छ । बिद््युतीय प्रणालीका लागि सबैभन्दा थ्रेट मानिने साइबर सुरक्षाका विषयमा आवश्यक रणनीति तर्जुमा गर्ने काम पनि अायाेगकाे क्षेत्राधिकार भित्र पर्दछ । आयाेगले सूचना प्रविधिको क्षेत्रमा रोजगारी प्रवद्र्धन गर्न आवश्यक नीति तथा योजना तर्जुमा गरेर नेपाल सरकारलाई सिफारिस गर्ने पनि काम गर्ने छ ।
आयाेगमा काे काे रहने ?
प्रधानमन्त्री अध्यक्ष रहने याे अायाेगमा सन्चार तथा सूचना मन्त्री, मुख्य सचिव,प्रधानमन्त्री कार्यालयका सचिव,सन्चार मन्त्रालयका सचिव, सरकारबाट नियुक्त हुने एक महिलासहित दुइ सदस्य र प्रमुख कार्यकारी अधिकृत रहने छन् ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत बिष्ट प्रधानमन्त्रीकाे आइटी सल्लाहकार समेत हुन् भने सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपालका पूर्व महासचिव समेत हुन् ।