सर्वाधिक धनी कुकुरकाे सम्पत्ति ५०० मिलयन डलर, टेलर स्विफ्टकाे बिरालाे पनि सेलिब्रेटी

Jan 22, 2023 06:27 PM Merolagani

के मानिसहरु मात्र धनी हुन्छन् ? होइन, विश्वमा जनावरहरु पनि धनी छन् । विश्वकै सर्वाधिक धनाढ्य जनावर हो, एक जर्मन सेफर्ड जातको कुकुर ।

यस कुकुरको सम्पत्ति ५०० मिलियन डलर भन्दा बढी छ। विश्वमा यो कुकुर लगायत अन्य कुकुरहरुसँग पनि धेरै धन छ । यस्ता कैयौं जनावर छन् जोसँग आफ्नो मालिक, व्यापार तथा सामाजिक संजालको सहयोगले करोडौंको सम्पत्ति जम्मा गरिसकेका छन् ।

"अल अबाउट क्याट्स" ले "द अल्टिमेट पेट रिच लिस्ट" मा सर्वाधिक धनाढ्य घरपालुवा जनावरहरुका बारेमा बताइएको छ ।

विश्वका सर्वाधिक पाँच धनी जनावर

५०० मिलियन डलरका धनी गुंथर छैठौं

गुंथर छैठौंको सम्पत्तिको पछाडि उसको हजुरबुवा गुंथर तेश्रोको योगदान रहेको छ । जर्मनीको काउंटेस कार्लोटा लिबेंस्टिनले पालेको कुकुर थियो गुंथर तेश्रो । कार्लोटाले आफ्नो ८० मिलियन डलरको सम्पत्ति गुंथर तेश्रोको नाम गरिदिएका थिए । गुंथर कर्पोरेशनले ती पैसाको केहि ठाउँमा लगानी गर्याे । आजको समयमा याे सम्पत्ति बढेर ५०० मिलियन डलर भइसकेको छ ।

गिनीज बुक अफ वल्र्ड रेकर्ड्समा नाला क्याट

नाला क्याट इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने बिरालो हो । यसको ४० लाख भन्दा धेरै फलोअरहरु छन् । यसको नाम गिनीज बुक अफ वल्र्ड रेकर्ड्समा पनि दर्ता भइसकेको छ । यस सियामी पर्शियन बिरालोसँग १०० मिलियन डलर सम्पत्ति छ । नाला क्याटकाे पेट प्यारेन्ट्सले यसकाे नामबाट एक प्रिमियम क्याट फुड कम्पनी पनि सञ्चालन गर्छन् ।

स्विफ्ट टेलरको बिरालो पनि धनाढ्य

ओलिभिया चर्चित अमेरिकन गायिका टेलर स्विफ्टले पालेको बिरालो हो । यो बिरालोको आफ्नै कम्पनी छ । यसकासाथै यो बिरालोले अभिनय पनि गर्ने गरेको छ । गायिका टेलर स्विफ्टसँग ओलिभिया कैयौं गित तथा विज्ञापनमा देखिइसकेको छ । एक विज्ञापनमा अभिनय गर्नकालागि यो बिरालोले पारिश्रमिक राम्रै लिने गरेकाे छ । यो बिरालोको कुल सम्पत्ति ९७ मिलियन डलर रहेको छ ।

ओपराले दिइन् स्याडी, सनी, लरेन, लैला र ल्यूकको नाममा सम्पत्ति

अमेरिकाको लोकप्रिय कार्यक्रमका संचालक तथा अर्बपति ओपरा विन्फ्रीसँग पाँच कुकुरहरु छन् । स्याडि, सनी, लरेन, लैला र ल्यूक नाम गरेका यी कुकुरहरु प्रत्येकको नाममा ३० मिलियन डलर छ । ओपराले आफ्ना कुकुरहरुलाई उक्त रकम दिएकी हुन् । उनका अनुसार कुकुर बिनाका घर, पुस्तकालय जस्तो हुन्छन् ।

इन्स्टाग्राममा ९५ लाख फलोअर्सकासाथै सर्वाधिक कमाउने जिफपाम

पोमेरियन जातको जिफपाम कुनै सेलिब्रेटि भन्दा कम छैन । यस कुकुरको इन्स्टाग्राममा ९५ लाख फलोअर्सहरु छन् । यो विश्वकै सबैभन्दा धेरै कमाउने पेट इन्फ्लुयन्सर छन् । उसले एक इन्स्टाग्राम पोष्टकोलागि ४३ लाख २० हजार रुपैयाँभन्दा धेरै लिने गरेकाे छ। यस कुकुरको कुल सम्पत्ति २५ मिलियन डलर छ ।

एजेन्सी ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।