शेयर बजारमा कारोवार वा लगानी गर्दा हुने गल्ती र करेक्सनका उपायः पूर्वबैंकर तथा शेयर लगानीकर्ता अर्यालकाे बिश्लेषण

Jan 25, 2023 12:22 PM merolagani

चण्डी प्रसाद अर्याल

यो सामान्य कुरा हो हरेक काम गर्दा केहि न केहि त गल्ती हुने नै गर्छ । यहि गल्तीलाई पुनः हुन नदिई सुधार गरेमा त्यसबाट केहि सिकेको भन्ने बुझिन्छ ।

तर पुनः उही गल्ती कमजोरी दोहोरिएको अवस्थामा सुधार आएको छैन र पुरानै अवस्थामा रहेको भन्ने बुझिन्छ ।

शेयर बजार पनि जोखिम भएको क्षेत्र हो यसमा पनि गल्ती हुने सम्भावना अत्याधिक रहन्छ । जुन गल्तीबाट आफुले गरेको लगानीमा नोक्सानी बेहोर्नु पर्ने हुन्छ। यस्तो अवस्था बाध्यात्मक भएर पनि पुनः अर्कोको लागि गल्ती नदोहोरिन सिक्ने मौका प्रदान गर्दछ। त्यसैले गल्ती अथवा नोक्सान भनेर चिन्ता गर्नु पर्ने कुरा महत्वपूर्ण होइन्, महत्वपूर्ण त पुनः त्यहि गल्ती दोहोरिन्छ कि भन्ने हो ।

उदाहरणका लागि विश्वको प्रख्यात लगानीकर्ता वारेन बफेटले वार्क शायर हाथवे को शेयर खरिद गर्नु सबभन्दा खराव ट्रेड बताएका थिए । उनी भन्छन कि जव उनी नराम्रो ट्रेडमा शेयर लगानी गरेर डुबेका थिए उनले आफ्ना भावनाहरुलाई आफु भित्रको उत्कृष्ट निकाल्नमा प्रयोग गरे ।

हामी मध्ये धैरै जव नाफा हुन्छ धेरै उत्तेजित हुने र धेरै ट्रेड गर्ने, नोक्सान हुदाँ डिप्रेशनमा जाने गछौं । नाफा हुँदा संयमित र नोक्सान हुँदा धैर्यता अपनाउदैनौं फलस्वरुप हामी खरिद गर्दा पनि घाटा र बिक्री गर्दा पनि घाटा खाने गर्दछौं ।

शेयरमा लगानी गर्दा वा ट्रेडमा गर्दा हुने गल्तीबाट दुई किसिमले सिक्न सकिन्छ । पहिलो अरुले गल्तीबाट र दोस्रो आफू स्वंयमले गरेको गल्तीबाट । यस सन्दर्भबाट कतिपय गल्ती दोहोरिनै नहुने हुन्छन् । जस्तै हवाई उडान सम्बन्धी जसको एउटा गल्तीनै काफि हुन्छ । अर्को पटक गल्ती दोहोर्याउदिन भन्ने मौका मिल्दैन । राइट दाजुभाईहरुले पहिलो पटक हवाई उडान गर्दा पनि दुर्घटना भएको थियो । त्यसबाट पाठ सिक्दै विश्वमा उडानको विकास भएर आजको अवस्थामा आएको हो ।

नेप्से ३२०० विन्दुमा पुग्दा धेरै लगानीकर्ताहरुले अझ बढ्ने लोभमा लगानी गर्नु त्यसमा पनि अधिकाशं नयाँ लगानीकर्ता थिए । तर पछि नेप्से करेक्सन हुँदै गयो स्टप लस गर्ने हुनाले त्यतिबेलै गरेर बजारबाट निस्के भने दीर्घकालिन लगानी गरेकाहरुले नोक्सानी बेहोर्नु पर्यो।

हाल नेपाली शेयर बजारमा ६० लाखकाे हाराहारीमा डि–म्याट खाता छन् । १४ लाख भन्दा बढीले अनलाइन कारोवार गर्छन । देश विदेशमा जहाँ सुकै हुने व्यक्तिहरुले यो बजार क्षेत्रको उपयोग गर्न सक्ने भएका छन् । यसैले यसको क्षेत्र बिस्तार भएको छ । यद्यपि यस क्षेत्रमा समस्या र सम्भावना नभएको होइनन्, तिनीहरुको सामाधानको खोजी र नयाँ प्रविधिको विकास गर्नुपर्छ ।

बजारमा सबै लगानीकर्ताले आफूले लगानी गरेको लगानीबाट प्रतिफलको आशा सबैले गर्छन । यसो गर्दै गर्दा पनि अधिकांश असफल रहन्छन्। यस्तो किन हुन्छ ? अर्को कुरा हालैमात्र ९ पुस २०७९ सम्म नेप्से १८६७.२२ बिन्दुमा थियो । त्यसको १२ औं कार्यदिन पछि अर्थात पुस २७ मा २२११‌.७६ पुगेर झण्डै १८.४५ % बढ्यो । यो भन्दा अगाडी आश्विन ९ सम्म १८१५ बिन्दुमा नेप्से थियो । झण्डै ३ महिनाको ग्याप पछि पुस ११ बाट बढ्न शुरु गरि बजार छोटो समयमै २२०० क्रस गर्यो र झन्डै ४७ अर्बकाे कारोवार भयो

यस्तो कसरी भयो ? यति बेलासम्म भरखर नयाँ सरकार गठन भई बिष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएका थिए । बैंकमा तरलताको अभाव त थियो नै ब्यापारीहरु किस्ता र ब्याज कसरी तिर्ने भन्ने पिरमा थिए तर पनि कारोवार ४७ अर्बकाे हुनु लगानीकर्ताको मनोबल उच्च कसरी भयो प्राविधिक रुपमा ? यो उत्तर भविश्यमा आउन पर्खिनु आवश्यक छ ।

अहिले बजार साइड वेजको मोडमा छ । सबैको सेन्टिमेन्ट अब बजार ढिलो चाँडो बढ्छ भन्ने नै छ । यहाँ कुरा रहन्छ कि बजार बढ्दैमा सबैले नाफा बुक गर्न सक्षम हुन्छन त ? अधिकांंश हाम्रो लगाव के मा छ भने बजार बढ्दा मात्तिएर किन्ने र घट्न थाले पछि अत्तिएर बेच्ने अनि किन्दा पनि घाटा बेच्दा पनि घाटा दोहोरो मारमा परिने । अव बजार आफु बिरुद्ध गयो भने के गर्ने त ? यसको सर्वसम्मत मान्यता केहि छैन तै पनि बजारको अनुभवले बताए अनुसार निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।

१. जोखिमको स्तरलाई घटाउनेः बजार आफु बिरुद्ध चलि रहेको कुरा पछि मात्र थाहा हुन्छ नोक्सान भई सकेपछि । यसो हुनु पुर्व आफ्नो जोखिम भार कम गर्नु पर्छ, कारोवार कम गर्ने र स्टपलस गर्ने ।

२. बजारको पुनः अध्यन गर्नु पर्छः बजार आफुले भने अनुसार चलेको छैन भने बजारको पुनः अध्ययन र बिश्लेषण गर्नु पर्छ । जसबाट केहि छुटेको छ भने आफुलाई त्यसको जानकारी हुन्छ, समाचार पढ्ने बिश्लेषकको बिचार सुन्ने, राष्ट्रिय बैंकको नीतिगत समीक्षा आदि गर्नु पर्छ ।

३. आफ्ना रणनीतिहरुलाई सुधार गर्नु पर्छः यदि आफ्नो अनुसन्धान बिरुद्ध शेयर बजार चलेको छ भने आफुले अपनाएका रणनीतिहरुलाई थोरै भएपनि परिमार्जन गर्नु पर्छ । तपाई सहि हुन रणनीति परिवर्तन भन्दा पनि बजारले के दिन्छ त्यो लिने हो । हामीलाई थाहा छ हाइड्रोपावर भन्दा बाणिज्य बैंककाे शेयर जोखिमको दृष्टिले सुरक्षित हुँदा हुँदै पनि किन बढ्दैन ? किन हाइड्रोपावरमै लगानीकर्ता झुम्मिन्छन् ? यसको उत्तर बजार आफैले दिने छ ।

बिना अध्ययन बिश्लेषण शेयर बजारमा लगानी गर्नु भन्दा बिश्लेषण र अध्ययन गरेर यो क्षेत्रमा प्रवेश गर्नु जोखिम कम हुने देखिन्छ । धैर्य र संयमताका साथ लगानी गरेमा प्रतिफल बियरिस र बुलिस बजार दुवैबाट हात पार्न सकिन्छ भन्ने विश्वास छ ।

(अर्याल पूर्व बैंकर तथा शेयर लगानीकर्ता हुन्)

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।