भारतीय शेयर बजारमा भारी गिरावट, अडानी समुहका शेयर सर्वाधिक घट्याे

Jan 27, 2023 05:39 PM Merolagani

भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट भएको छ । सो बजारमा निरन्तर दोश्रो दिन सेन्सेक्स र निफ्टीमा गिरावट देखिएको हो । साताको अन्तिम कारोबार दिन, भारतको सेन्सेक्स ८७४ अंकभन्दा धेरैले घटेर ५९ हजार ३३० विन्दुमा झरेको छ । यस्तै, निफ्टी २८७ अंकले गिरावट हुँदा १७ हजार ५७५ विन्दुमा बन्द भयो ।

सेन्सेक्सका ३० शेयरहरुमध्ये २२ शेयर घट्दा ८ शेयरमा वृद्धि भएको छ । अडानी समुहको कम्पनीका शेयरमा सर्वाधिक ठुलो गिरावट देखिएको छ । अडानी ट्रांसमिशन, अडानी टोटल गैस र अडानी ग्रीन एनर्जीकाे शेयर २० प्रतिशतले घटेको छ । अडानी इंटरप्राइजेज १८.३१ प्रतिशत, अडानी पोर्ट्स १५.२४ प्रतिशत, अडानी विल्मर र अडानी पावर ५ प्रतिशतले ओरालो लागेको छ। अडानी समुहले भरखर मात्र खरिद गरेका कम्पनीहरु अंबुजा सीमेन्ट १६.६७ प्रतिशत, एसीसी १२.२७ प्रतिशत र एनडिटिभीको शेयर ४.९९ प्रतिशतले घटेको छ ।

हिन्डेनबर्गको प्रतिवेदनले भारतीय शेयर बजारमा ठुलो झड्का लागेको हो ।प्रतिवेदनमा अडाणी समुहमाथि धोखादडी गरेको आरोप लगाइएको छ। जसले अडाणी ग्रुपको शेयरमा ठुलै धक्का लागेको छ। बुधवारदेखि शुक्रवारसम्म अडाणी ग्रुपको नेटवर्थ १० प्रतिशत भन्दा बढीले घटिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

निफ्टी ५० को अडानी इंटरप्राइजेज, अडानी पोर्ट्स, एसबीआई, आईसीआईसीआई बैंक, इंडसइंड बैंक,ओएनजीसी र बपिीसीएल समेत ३७ शेयरहरुमा गिरावट देखिएको छ। यसैगरी, टाटा मोटर्स, बजाज अटो, डा. रेड्‌डी, आईटिसी, सिप्ला, डिविस लैब, अपोलो हॉस्पिटल समेत निफ्टी ५० के १२ शेयरमा वृद्धि देखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।