निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २० अर्ब माथि, समग्र व्यवसाय ५.१५ प्रतिशतले बढ्दा ६ कम्पनीको भने खस्कियो

Feb 03, 2023 05:58 AM Merolagani

चालु आर्थिक वर्षको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २० अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.१५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ६५ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १३.२१ प्रतिशत हो ।

कुल बीमाशुल्क आर्जनमा शिखर पछि नेको इन्स्योरेन्स रहेको छ । नेकोले यस अवधिमा १ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै हिमालयन एभरेष्टले १ अर्ब ५० करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ र सानिमा जिआईसीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनैपनि कम्पनीको बीमाशुल्क एक अर्ब माथि पुग्न सकेको छैन् ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४९ करोड ४० लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २.४६ प्रतिशत मात्रै हुन आउँछ ।

राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउँदा युनाइटेको सबै भन्दा धेरै घट्यो

राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै १३७.९७ प्रतिशतले बीमाशुल्क बढाउदै १ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पुर्याएको हो ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क पनि २५.०५ प्रतिशतले बढेर ९७ करोड १९ लाख रुपैयाँ पुगेको छ । अजोड इन्स्योरेन्सको १४.२३ प्रतिशत, सानिमा जिआईसीको ९.६९ प्रतिशत, आइएमई जनरलको ९.४४ प्रतिशत र शिखर इन्स्योरेन्सको ८.७९ प्रतिशतले बीमाशुल्क बढेको छ ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । एनएलजीको बीमाशुल्क ०.२८ प्रतिशतले मात्रै बढेर १ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको यही अवधिमा एनएलजीले १ अर्ब २० करोड ४ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

६ कम्पनीको व्यवसाय खस्कियो

१८ निर्जीवन बीमा कम्पनीहरु मध्ये १२ वटाले आफ्नो व्यवसायलाई विस्तार गर्दा ६ वटा कम्पनीको व्यवसाय भने खस्किएको छ ।

यस अवधिमा युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको बीमाशुल्क भने घटेको हो ।

सबै भन्दा धेरै युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क ३२.७६ प्रतिशतले घटेर ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८८ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, सगरमाथा इन्स्योरेन्सको १३.३९ प्रतिशत, प्रुडेन्सियलको ३.३२ प्रतिशत, प्रिमियरको २.९८ प्रतिशत, नेकोको २.४० प्रतिशतले बीमाशुल्क घटेको छ ।

सबै भन्दा कम बीमाशुल्क घट्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.५४ प्रतिशतले घटेर ७९ करोड ३६ लाख रुपैयाँमा सीमित भएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा नेपाल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरी २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।