अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाज्युले भने ‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनुहुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौँ । मीले नेपालमा पहिलो पल्ट यस्तो ०% इएमआइको सुविधा ल्याएको हो । देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौँ।’
यो सँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमीका टिभि, ल्याप्टपलगायत स्मार्टफोनमा ०% इएमआइको सुविधासँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन । यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिनासम्मको लागि लागु हुनेछ।
त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ।