नेप्सेले यस दिन फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन फाइनान्सको शेयर प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको हो।
फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे।
साे लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले माघ २७ गते, गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान १० बजे २१ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन गर्ने सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ।
यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना मनोनयन गर्नेछ।