सातामा ४ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Feb 04, 2023 06:08 AM Merolagani

यस साता नेप्से परिसूचक ४ प्रतिशत घटेको छ। गत साता २१८३.२१ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.०६ प्रतिशत अर्थात ८८.६७ अंक घटेर २०९४.५४ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन सामान्य अंक बढेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स १४.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७६ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ३० करोडको कारोबार भएकोमा यस साता दैनिक औषतमा २ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.१३ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २१.६९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.८९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४ प्रतिशत घटेको छ। गत साता ३१ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २७ अर्ब रुपैयाँ घटेर ३० खर्ब २२ अर्बमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.२५ प्रतिशत घटेको छ। गत साता ६९.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५.०३ अंक घटेर ६४.३४ विन्दुमा झरेको छ। त्यसैगरी, यस साता सबैभन्दा कम उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.१६ प्रतिशत घटेको छ। गत साता ५२३९.७६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११३.३७ अंक घटेर ५१२६.३९ विन्दुमा झरेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४२२.६६ अंक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४२ अंक घटेको छ।

यस साता नेप्सेमा ४ कम्पनीको १ करोड ५१ लाख ४६ हजार ५५६.२३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सिभिल बैंक, किसान लघुवित्त वित्तीय संस्था र नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो भने हिमालयन बैंकको ऋणपत्र सूचीकृत भएको हो।

यस साता बजार घटेपनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६१.०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य २८.२५ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य १२.०५ प्रतिशत बढेको छ। यस साता सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १६.५३ प्रतिशत घटेको छ भने कालिका लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, रिडी पावर कम्पनी र समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता बाराही हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेको छन्। त्यसैगरी, यस साता नेपाल दूरसञ्चार कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन उर्जा विकास कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेको छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।