तेश्राे धनाढ्यकाे सूचीबाट पुगे गौतम अडानी २२ औं स्थानमा, कम्पनीकाे शेयरमा भारी गिरावट

Feb 03, 2023 04:02 PM Merolagani

हिडनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अर्बपति गौतम अडानीको नेटवर्थ ह्वात्तै घटेको छ । केहि समय अघिसम्म विश्वका सर्वाधिक तेश्रो धनी रहेका अडानी अब शिर्ष २० बाट समेत बाहिरिएका छन् ।

ब्लूमबर्गको बिलनेयर्स सूचकका अनुसार गौतम अडानी धनाढ्याहरुको शिर्ष २० को सूचीबाट समेत बाहिरिएर अहिले उनी २२औं स्थानमा छन् ।

गौतम अडानीलाई एक दिनमा नै करिब १० अर्ब डलरकाे घाटा भएको छ । यस्तै, अर्कोतर्फ फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्तिमा १२.५ अर्ब डलरले वृद्धि भएको छ । उनी विश्वका धनी व्यक्तिहरुको १३ औं स्थानमा पुगेका छन् ।

अडानीको नेटवर्थ ५८ अर्ब डलरले घट्यो

सेप्टेम्बरमा अडानीको नेटवर्थ १५५.७ अर्ब डलर थियो । सोमबार गिरावट भएर ९२.७ अर्ब डलरमा झर्यो । डिसेम्बरसम्म विश्वकै धनाढ्य भनेर परिचित अडानी मात्र यस्ता धनाढ्य थिए जसको सम्पत्तिमा सो वर्ष उछाल आएको थियो । अडानी हालसम्म विश्वका अर्बपतिहरुको सूचीमा २२ स्थानमा छन् ।

अडानी समहुका कम्पनीकाे शेयरमा भारी गिरावट भएकाे छ । अमेरिकी स्टक एक्सचेन्ज डाउ जाेन्सकाे सस्टेनिबिलिटी सूचकबाट अडानी इनटरप्राइजेजलाई निकालिएकाे छ । साे समयमा यी कम्पनीहरूमा ३५ प्रतिशतसम्मकाे गिरावट देखिएकाे थियाे । शेयरमा भारी गिरावट भएपछि  अडानीकाे नेटवर्थ ५५ बिलियन डलर भएकाे छ ।

एजेन्सी ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।