अडाणी ग्रुपको शेयरको कारण भारतीय संसद् सोमबारसम्म स्थगित, सेवी र आरबिआइले विवरण मागे, अन्तर्राष्ट्रिय स्तरमै तहल्का

Feb 03, 2023 04:30 PM merolagani

अडाणी ग्रुपको शेयरलाई लिएर हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्टको विषयले भारतको संसदमा प्रवेश पाएको छ। विपक्षी दलहरूले उक्त विषयको जाँच हुनु पर्ने भन्दै हङ्गामा खडा गरेका छन्।

हङ्गाका कारण शुक्रवार भारतीय लोकसभा तथा राज्यसभाको नियमित कारबाही सोमबारसम्मको लागि स्थगित नै गर्नु परेको खबर भारतीय सञ्चार माध्यमहरूले लेखेका छन्। विपक्षी सम्मिलित संयुक्त संसदीय समिति वा सर्वोच्च अदालतको नेतृत्वमा छानबिन समिति गठन गर्नु पर्ने माग जोड तोडले उठेको छ।

यसैबीच केन्द्रीय मन्त्री प्रलाद जोशीले अडाणीको शेयर घट्नुमा सरकारको कुनै लेना देना नभएको प्रतिक्रिया दिएका छन्। विपक्षीसँग कुनै मुद्दा नभएको कारण उक्त विषय उठाइएको उनको भनाई छ।

शुक्रवार नै अमेरिकी स्टक एक्सचेन्ज डाउजोन्सले सस्टेनबिलिटी इन्डेक्सबाट अडाणी इन्टरप्राइजेजको सूचीकरण स्थगित गरिदिएको छ। त्यति बेला कम्पनीको शेयरमा ३५ प्रतिशत सम्मको गिरावट देखिएको थियो।  

यसैबीच शुक्रवार नै रेटिङ एजेन्सी मुडिजको बयान सार्वजनिक भयो। मुडिजका अनुसार उसको नगदी स्थितिको बारेमा सोचिने छ। जसले गर्दा उसलाई तत्काल फण्ड जुटाउन मुस्किल हुने छ।

यता बङ्गलादेश सरकारले अडाणी ग्रुपसँग गरिएको ऊर्जा सम्झौतामा संशोधन गर्नु पर्ने माग अघि सारेको छ। बङ्गलादेश सरकारका अनुसार बिजुलीको मूल्य बढी छ। यसलाई कम गर्नु पर्ने छ। यसै विषयलाई लिएर बङ्गलादेश पावर डेभलपमेन्टले बिहीबार अडाणी पावरलाई चिठी लेखेको थियो।

यता भारतको शेयर बजार नियामक निकायदेखि बजार सञ्चालक समेतले निगरानी सुरु गरेको खबर छ। भारतको नेशनल स्टक एक्सचेन्ज ‘एनएससि’ ले अडाणी ग्रुपको तीन कम्पनीका शेयरलाई छोटो समयको लागि एडिसनल सर्बिलेन्स मेजर्स लिस्टमा राखेको छ। जसमा अडाणी पोर्ट, अडाणी इन्टरप्राइजेज र अंबुजा सिमेन्ट छन्। यो एक किसिमको निगरानी हो। जस मार्फत नियामक निकाय सेवी, बजार सञ्चालक बिएससि र एनएससिले नजर राख्ने गर्छन्। यसको उद्देश्य भनेको लगानीकर्ताको सुरक्षा गर्नु हो।

यता भारतीय केन्द्रीय बैंकले समेत अडाणी ग्रुपलाई प्रवाह गरेको ऋणको विवरण भारतीय बैंकहरुसित माग गरेको छ। तर बैंकहरुले भने अडाणी ग्रुपलाई दिएको ऋण सुरक्षित रहेको प्रतिक्रिया दिँदै आएका छन्।   

यता स्विजरल्याण्डको कम्पनी क्रेडिट सुइसले मार्जिन कर्जाको लागि लिने धितोको लागि समूहको बण्ड धितो लिन बन्द गरिदिएको छ। सिटी ग्रुपले समेत उसको ल्यान्डिङ भ्यालु हटाइदिएको छ।

यिनै विवादको कारण गौतम अडाणीको नेटवर्थ ५५ बिलियन डलरमा झरेको छ। गत वर्ष मात्रै उनी १५० बिलियन डलर नजिक पुगेका थिए। शुक्रवार प्रकाशित फोब्सको सूचिमा अडाणी २२ औ नम्बरमा झरेका छन्। यस अघि उनी उक्त सूचिको तेस्रो नम्बरमा पुगिसकेका थिए

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।