न्यून आय भएकाहरुको बीमा गरिदिने व्यवस्था मिलाउन प्राधिकरणको आग्रह

Feb 03, 2023 04:57 PM Merolagani

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका वर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् ।

प्राधिकरणले बागमती प्रदेशको धादिङमा गजुरी गाउँपालिकामा आयोजित बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले आर्थिक रूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्न आग्रह गरेका हुन् ।

कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिनका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको पनि जानकारी गराए ।

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमा प्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नै गर्नुपर्ने बताए ।

यसैगरी, प्राधिकरणले माघ १८ गते चितवनको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारी मूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्ने जानकारी गराए ।

उनले घर र कृषितथा पशुपन्छी बीमामा जोड दिन र शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न आग्रह गरे ।

यसैगरी, प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा माघ १८ गते गण्डकी प्रदेशको गोरखाको भीमसेन थापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बीमा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजरा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा गाउँपालिका भित्रका सबै नागरिकको दुर्घटना बीमा र घरहरूको सम्पत्ति बीमा गर्ने,सरकारी सम्पत्तिहरूको बीमा गर्नका लागि आवश्यक कार्य अगाडि बढाउने, कृषि तथा पशुपन्छी बीमा र कृषि औजारहरूको बीमा क्रमिकरूपमा गर्दै जाने लगायतका विषयहरू उल्लेख रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।