सपोर्ट जोन नजिक आइएमई जनरल इन्स्योरेन्स, हेरौँ कम्पनी विश्लेषण

Feb 04, 2023 06:17 PM Merolagani

यस साता १३ मध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक अंकका आधारमा सबैभन्दा धेरै घटेको छ। गत साता ९४८८.४० विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४२२.६६ अंक अर्थात ४.४५ प्रतिशत घटेर ९०६५.७४ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो आइएमई जनरल इन्स्योरेन्स (IGI)।

यस साता आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य २३ रुपैयाँ घटेको छ। गत साताको बिहीबार ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको यस इन्स्योरेन्सको शेयर, यस साता ४६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

सपोर्ट जोन नजिक

आगामी साता इन्स्योरेन्सको शेयरमूल्य ओरालो लागेमा ४३५ देखि ४५५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा भने ५१० देखि ५३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्य सपोर्ट जोन नजिक रहेको छ। सो दिन इन्स्योरेन्सको शेयरमूल्य ४५६ रुपैयाँसम्म झरेको थियो।

गत बिहीबार इन्स्योरेन्सको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिको सुरुवातमा इन्स्योरेन्सको शेयरमूल्य बढेपनि अन्तिम समयमा भने घटेको संकेत गर्दछ।

बुलिश ट्रेण्ड

साताका अधिकांश दिन इन्स्योरेन्सको शेयरमूल्य घटेपनि प्राविधिक विश्लेषणको एक उपकरण सुपर ट्रेण्डमा भने बुलिश ट्रेण्ड कायम नै रहेको छ।

भोल्यूम बढी

यस साता इन्स्योरेन्सको शेयरमूल्य घटे पनि भोल्यूम भने बढेको छ। यस साता इन्स्योरेन्सको दैनिक औषतमा ८७ हजार ६०५.२० कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको २० दिने औषत भोल्युम ७२ हजार ३३७ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा इन्स्योरेन्सको दैनिक औषत भोल्यूम २१.१० प्रतिशत बढी हो।

बियरिश क्रशओभर

यस साता इन्स्योरेन्सको शेयरमूल्यले एमएसिडीमा बियरिश क्रशओभर बनाएको छ। यस साता इन्स्योरेन्सको एमएसिडीले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनाएको हो। यसले इन्स्योरेन्सको शेयरमूल्य घट्न संकेत गर्दछ र फलस्वरुप अन्य कारोबार दिनमा इन्स्योरेन्सको शेयरमूल्य घटेको छ। साताको पहिलो कारोबार दिन हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेपनि सोपछिका ४ कारोबार दिन भने नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता इन्स्योरेन्सको स्टकाकिस्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा इन्स्योरेन्सको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

सो अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ४ करोड ३५ लाख रुपैयाँबाट बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ। खर्चको तुलनामा इन्स्योरेन्सको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको आम्दानी ७ करोड ५३ लाख रुपैयाँबाट बढेर ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने व्यस्था तथा खर्चहरु ३ करोड १८ लाख रुपैयाँबाट बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८० करोड ३७ लाख रुपैयाँ रहेको छ। इन्स्योरेन्सको जगेडा कोषमा २९ करोड ३० लाख रुपैयाँ र बीमा कोषमा ५७ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा रहेको छ भने बुकभ्यालु ११६ रुपैयाँ २५ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४१.३६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ३.९७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा इन्स्योरेन्सको १ करोड ८० लाख ३७ हजार ५००.६० कित्ता शेयर सूचीकृत छ। इन्स्योरेन्सको १८० दिने औषत मूल्य ३९८ रुपैयाँ ३ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य १ हजार १९० रुपैयाँ रहेको छ भने न्यून मूल्य ३३३ रुपैयाँ २० पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार इन्स्योरेन्सको कुल बजार पूँजीकरण ८ अर्ब ३३ करोड ३३ लाख २५ हजार २७७ रुपैयाँ २० पैसा रहेको छ।

५८ बाट सर्वाधिक खरिद

यस साता इन्स्योरेन्सको शेयर, ब्रोकर नम्बर ५८ बाट सबैभन्दा बढी १ लाख ३ हजार ३३० कित्ता शेयर खरिद भएको छ। त्यसैगरी, ब्रोकर नम्बर ५६ बाट २३ हजारभन्दा बढी र ३८ बाट २१ हजारभन्दा बढी कित्ता शेयर खरिद भएको छ। यस साता ब्रोकर नम्बर ४२ ले सबैभन्दा बढी १ लाख १२ हजार ९१४ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ५८ ले करिब ६७ हजार कित्ता शेयर बिक्री गरेको छ।

शेयरमूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले न्यूट्रल जोनबाट फियर जोनतर्फ झरिरहेको देखिन्छ। यसले लगानीकर्ताहरु इन्स्योरेन्सको शेयरमूल्य घट्छ भनेर डराइरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।