नेपालकाे पहिला गभर्नर हिमालय शमशेर राणाकाे निधन

Feb 05, 2023 09:20 AM MeroLagani

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा मृत्यु भएको छ।

आइतबार बिहान ६ बजेर ३० मिनेटमा नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हिमालयन बैंकका  संस्थापकसमेत रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरि २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।

उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए ।

हिमालयन बै‌ंकका सीइओ अशाेक शमशेर राणा हिमालय शमशेर राणाका सुपुत्र हुन ।

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।