समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

Feb 05, 2023 10:23 AM Merolagani

समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।

समता घरेलु लघुवित्तको शुक्रबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।

 साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त बिच मर्जर भएको दुई वर्ष नपुगेको कारण हाल लाभांस  कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याएको कम्पनीले जानकारी गराएको छ । यद्यपि २०७८ बैंशाख २ गतेपछि शेयर खरिद गर्ने शेयरधनीले लाभांशकर नियमानुसार भुक्तानी गर्नपर्ने छ ।   

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।