लाभांश बिनै न्यादी हाइड्रोपावरले साधारण सभा बोलायो, यस्ता छन् एजेण्डा

Feb 05, 2023 04:28 PM Merolagani

न्यादी हाइड्रोपावर लिमिटेड (NYADI) ले गत आर्थिक वर्षको मुनाफाबाट लााभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश बिनै १५ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले चैत ६ गते सोमबार दिउँसो ११ बजे कार्की ब्याक्वेट बबरमहल, काठमाडौंमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी एक जना महिला सञ्चालक समिति दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने तयारी गरेको छ ।

यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने र लेखा परीक्षण समितिको सिफारिस अनुसार आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गतेदेखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन १८ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।