सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा सामान्य बढ्यो, अन्य सूचक कस्तो?

Feb 06, 2023 12:15 PM Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४.४० प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि २४.५२ प्रतिशतले बढेर ७५ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६० करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा पावत १४ करोड ८८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २५ करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड १९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा ७३ हजार ७६० वटा बीमालेख जारी गरी १ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।