राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

Feb 06, 2023 01:05 PM Merolagani

नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन् । आइतबार मनोनयन दर्ताको गर्ने समयमा सत्ता साझेदार दलहरुबाट अर्यालको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनको मात्रै उम्मेदवारी परेको भन्दै अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

यसअघिकी उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।