६ महिनामा भित्रियो झण्डै ६ खर्ब रेमिट्यान्स, गत वर्षको भन्दा २४ प्रतिशतले बढी

Feb 06, 2023 04:19 PM Merolagani

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। पुस सम्ममा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हाे।

गत वर्षको यसै अवधिकाे तुलनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ। गत वर्ष रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो ।

पुस एक महिनामा मात्रै १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो महिना १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मासिक रुपमा पनि रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थिया

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले बढेर ६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।