Sun, Jan 17, 2021
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा नियुक्त गरेका सदस्यहरूलाई लिएर चरम असन्तुष्टि बढ्न थालेको छ। मन्त्री गुरुङले आफू अनुकूलका प्रतिनिधिलाई मात्रै बोर्डमा नियुक्त गरेपछि चरम असन्तुष्टि बढेको हो।
गत साता नेप्से परिसूचक पूर्ण बुलिश रह्यो। सो साता बजार खुलेका ४ दिन नै नयाँ नयाँ अलटाइम हाइ रेकर्ड बनाउन नेप्से सफल भएको थियो।
पछिल्लो समय बीमा कम्पनीहरुमा दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण बढेसँगै यी कम्पनीहरुको शेयरमूल्य पनि बढ्दो क्रममा रहेको छ। यस साता मात्रै निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य ६०० अंक बढ्यो।
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १३ अंक बढेको छ।
आइसिएफसि फाइनान्स लिमिटेडले ४.५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। फाइनान्सले गत पुस २९ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले पारित ४.५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो।
मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले ४.२५७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। बैंकले गत पुस २५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ४.२५७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो।
माघ १ गते घटेको सुनको मूल्य माघ २ गते बढेको छ। शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढोत्तरी भएको हो।
माघ २ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजना गरेको हो।
कोरोना बीमाकाे दाबी भुक्तानीमा निर्जीवन बीमा र पुनर्बीमा कम्पनीको दायित्व सकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा र पुनर्बीमा कम्पनीले व्यहोर्नुपर्ने रकम भुक्तानी गरेपछि दायित्व सकिएको हो ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी (NRN) ले ठुलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको माघ १ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
कम्तीमा १० वर्षका लागि शेयरमा लगानी गर्छु, १५ अर्बकाे पोर्टफोलियो होला
राजेन्द्र खेतान नेपालकाे व्यवसायिक क्षेत्रमा स्थापित नाम हाे । सानै उमेरमा पिता माेहन गाेपाल खेतानकाे बिँडाे थामेर औद्याेगिक घराना खेतान समूहकाे नेतृत्व गरेका खेतान आजभाेली सार्वजनिक मन्चमा कम देखिन्छन् ।&
सन् १९८० को दशकमा सबैभन्दा प्रसिद्ध र सबैभन्दा सफल म्यूचुअल फण्डमध्ये एउटा फिडेलिटी मेगेलन फण्ड थियो र यसलाई पिटर लिन्चद्वारा प्रतिपादित गरिएको थियो, जो हालसम्मका सबैभन्दा सफल लगानीकर्तामध्येका एक हुन्।
अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनले १९ खर्ब (१.९ ट्रिलियन) डलरको प्रोत्साहन प्याकेजको घोषणा गरेका छन्। यो प्रोत्साहन प्याकेज कोभिड–१९ महामारीबाट अर्थव्यवस्थामा आएको सुस्तताबाट बाहिर निस्कनका लागि घोषणा गरिएको हो।
औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नकसकेको नेपालमा विद्युतीय फोहोरको जोखिम झन् चनौतिपूर्ण देखिएको छ। विद्युतीय सामग्रीको बढ्दो उपयोग र त्यसको उचित व्यवस्थापन नहुँदा जोखिम बढ्दै गएको विद्युतीय फोहोर सम्बन्धि अनुसन्धानकर्ता त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक ज्योति गिरीले बताइन्।
सरकारले सम्पूर्ण सरकारी सेवा उपलब्ध गराउन नागरिक एप सार्वजनिक गरेको छ। साे एपमार्फत खासगरी सम्भव भएसम्मका सरकारी सेवाहरु घर मै बसि-बसि लिन सकिने जनाइएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलन मार्फन उक्त नागरिक एप सार्वजनिक गरेका हुन्।
मेगा बैंकले (MEGA) काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिन देखि शाखा सञ्चालनमा ल्याएको छ ।
देशभरमा शुक्रबार २७० जनामा काेभिड १९ संक्रमण पुष्टि भएको छ । ९० जना महिला र १८० जना पुरुषहरु गरी संक्रमितको सो संख्या पुगेको हो । २४ घण्टामा भएको तीन हजार ८४ नमुना परीक्षणमध्ये संक्रमण पुष्टि भएको हो ।
एक दिनमा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा भएको पाँच हजार ३२ परीक्षणमा सो पुष्टि भएको हो । हालसम्म कुल दुई लाख ६६ हजार ५४६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन्।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा पहिलो दिन नै ४९ प्रतिशत शेयरमा आवेदन परेको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार साढे ४ बजे सम्म्मा कुल निष्काशनको ४८.८७ प्रतिशत शेयरको लागि आवेदन परेको हो ।
नेपाली धितोपत्र बजारमा हालसम्मको सबै भन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । आज माघ २ गते शुक्रबार देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला भएको हो ।